sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » दिक्तेलमा साकेला शिली प्रदर्शनी

खोटाङ, असार ५ । खोटाङमा साकेला पर्वको बिदाईमा साकेला शिली प्रदर्शनी गरिएको छ । यस वर्षको साकेला उभौली चाडको बिदाईमा शनिबार सदरमुकाम दिक्तेलको माटिकोरे खेलमैदानमा साकेला शिली प्रदर्शनी गरिएको हो ।
 किरात राई यायोक्खा र किरात सेवा समाज खोटाङको संयुक्त आयोजनामा आयोजित प्रदर्शनीमा जिल्लाका दिक्तेल, लफ्याङ, बाम्राङ, खाल्ले, नेर्पा, दोर्पा, बाँझेच्यानडाँडा, याम्खा, अर्खौले, खार्मी लगायतका गाबिसका ११ टिमले आ–आफ्नो ठाउँमा नाचिने साकेला शिली प्रदर्शन गरेको यायोक्खाका सचिव युगसन राईले बताउनुभयो ।
 हजारौँको सहभागीता रहेको शिली प्रदर्शनीमा मछामा, चावा, बोखोत्तो, आम्लामी, ङासा, हेच्छाकुप्पा, कुपामा, तावा, बम्लाती लगायतका लोपोन्मुख बन्दै गएको साकेला शिली प्रदर्शन गरिएको आयोजकले जनाएको छ । यी पूराना किसिमका साकेला नाच बुढापाको अन्त्यासँगै लोपोन्मुख बनीसकेको छ । गत वर्ष भूकम्पका कारण साकेला पर्वको बिदाईमा शिली प्रदर्शनी नगरिएका कारण यसपल्ट शिली नाच्ने र रमिता हेर्ने दर्शकले माटिकोरे भरिएको थियो । साकेला पर्वको बिदाईमा जिल्लामा हरेक वर्ष साकेला शिली प्रदर्शन गर्ने गरिएको छ ।
दुई जनालाई सम्मान
शिली प्रदर्शनी तथा साकेलाको बिदाई कार्यक्रममा दौरासुरुवाल लगायतका किराती भेषभुषा संरक्षणमा योगदान पु¥याएकामा दिक्तेल नपा–२ का हैकमसिं राई र किरात संस्कार संस्कृतिको जगेर्नामा योदान पु¥याउने दिक्तेल नपा–१० का प्रश्नराज राईलाई सम्मान गरिएको छ । दुबैजनालाई दोसल्ला र कदरपत्र सहित सम्मान गरिएको हो । सम्मानित प्रश्नराज राई यायोक्खा खोटाङका पुर्वअध्यक्ष एबं वर्तमान केन्द्रीय सदस्य हुन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post