sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » जुम्ल्याहा दिदिबहिनि ‘ए प्लस’ ग्रेडमा उत्तिर्ण

खोटाङ, असार ५ । खोटाङमा एकै घरका जुम्ल्याहा दिदिबहिनिले ‘ए प्लस’ ग्रेडमा एसएलसि उत्तिर्ण गरेका छन् । दिक्तेल नगरपालिका–५ की जुम्ल्याहा दिदि एलिसा घिमिरे र बहिनि एलिना घिमिरेले यसपल्टको एसएलसि परिक्षा ‘ए प्लस’ ग्रेडमा उत्तिर्ण गरेका हुन् ।
परिक्षा नियन्त्रण कार्यालयले बिहिबार सार्वजनिक गरेको नतिजा अनुशार सिम्बोल नम्बर ०१२१३९५ ‘ए’ भएकी जुम्ल्याहा दिदि एलिसा र सिम्बोल नम्बर ०१२१३९४ ‘जेड’ भएकी बहिनी एलिनाले समान ३.७५ जिपिए ल्याएकी छन् । सदरमुकाम दिक्तेलस्थित दिक्तेल अंग्रेजी आबासीय उच्च माबिबाट एसएलसि दिएकी जुम्ल्याहा दिदिबहिनी मुनिका एरिका घिमिरेले पनि ३.४५ जिपिए सहित बिशिष्ट श्रेणीमा एसएलसि उत्तिर्ण गरेकी छन् ।
जुम्ल्याहा दिदि एलिसा र बहिनि एलिना संस्थागत बिद्यालयतर्फ जिल्लामै सबैभन्दा बढि अंक ल्याएर एसएलसि उत्तिर्ण गर्ने छात्रा भएको बुवा एलपी घिमिरेले दाबी गरे । ‘जुम्ल्याहा छोरी ‘ए प्लस’ ग्रेडमा एसएलसि उत्तिर्ण गर्न सफल भएका छन्,’ दिक्तेल बहुमुखी क्याम्पसका प्राध्यपक घिमिरेले भने, ‘संस्थागत बिद्यालयबाट सबैभन्दा राम्रो अंक ल्याएर उत्तिर्ण गर्ने बिद्यार्थीमा दिदिबहिनीको नाम पर्न गएको छ ।’
जुम्ल्याहा दिदिबहिनीले समान अंकसहित ‘ए प्लस’ ग्रेडमा एसएलसि उत्तिर्ण गरेकामा परिवारलाई अहिले आफन्त र शुभेच्छुकको बधाईको ओइरो लागीरहेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post