sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » जंगली च्याउ खाँदा दिदी–बहिनीको मृत्यु, तीन गम्भिर


जेठ–२६ । खोटाङमा जंगली च्याउ खाँदा एकै घरका दिदी–बहिनीको ज्यान गएको छ । जंगलबाट ल्याएको बिषालु च्याउको तरकारी खाँदा बिरामी परेकी बाँझेच्यानडाँडा–१ मा बस्ने ३८ बर्षिया तारा राई र २८ बर्षिया अनिता राईको उपचारको क्रममा मृत्यु भएको हो ।
गत शुक्रबार बेलुकी जंगलबाट ल्याईएको च्याउ खाँदा बिरामी परेका ५ जनामध्ये पाटन अस्पताल काठमाण्डौंमा उपचारका क्रममा ताराको बुधबार बिहान ३ बजे र अनिताको दिनको ११ बजे मृत्यु भएको मृतककी बहिनी सकुन्तला राईले जानकारी दिनुभयो ।
च्याउ खाँदा बिरामी परेका राममायाँ राई, रुकमान राई र रामबहादुर राईको सुमेरु अस्पतालमा उपचार भइरहेको छ । बिरामीहरुको पनि अवस्था नाजूक रहेको बताईएको छ । बिरामीमध्ये राममायाँ आमा, रुकमान माईती तथा राम राई मृतकका काका हुन् ।  च्याउ खाएपछि सिंगो परिवारका सदस्यलाई सिकिस्त अवस्थामा आईतबार उद्धार गरेर हेलीकोप्टरमार्फत काठ्माण्डौं पु¥याइएको हो । उपचाररत बिरामीको अवस्था पनि चिन्ताजनक देखिएको खोटाङ क्षेत्र नम्बर २ का सांसद बिशाल भट्टराईले बताउनुभयो ।
राममायाँका श्रीमान रामबहादुर राईले भने जंगलबाट ल्याएको च्याउ नचिनिएको भन्दै नखाएका कारण दुर्घटनाबाट जोगिएका हुन् । परिवारमा रहेका बच्चाहरु भने सुतिसकेकाले जोगिएका थिए ।
 जिल्लाकै फेदी–७ बाट दोश्रो बिहे गरी फेदी–८ गएकी तारा केही समयअघिदेखि माईतीमै बस्दै आएकी स्थानीयले जनाएका छन् ।  भोजपुर दिल्पा बिवाह गरेकी अनिता भने केही समय अघि माईती आएको बताईएको छ ।
उदयपुरको मैनामैनीमा बसोबास गर्दै आएका मृतकका काका रामबहादुरले भेटघाटका लागि गाउँ आँउदा जंगलबाट च्याउ ल्याएको आफन्तले जनाएका छन् । राईले अलैंची रोप्न सघाउन जाँदा जंगलबाट च्याउ ल्याएका थिए । परिवारका आर्थिक अवस्था नाजुक रहेका राई परिवारलाई हेलिकप्टर चार्टर गर्नको लागि आफन्तले ऋण दिएका थिए । बिरामीका उपचारको लागि खर्च अभाब भएकाले सहयोगको याचना गरिएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post