sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » प्रहरी–नागरिकको सम्बन्ध सुमधुर बनाउन व्याडमिन्टन

खोटाङ २५ असार । प्रहरी र नागरिकको सम्बन्धलाई सुमधुर बनाउने उद्धेश्यले दिक्तेलमा आयोजना गरिएको खुला ब्यडमिन्टन प्रतियोगीतामा समिर बजीमय र शुक्र देवानको समुहले पहिलो स्थान प्राप्त गरेको छ । 
हप्ता दिनसम्म सञ्चालन गरिएको प्रतियोगीतामा प्रेम जोशी र शान्तिराम अधिकारीको समुह दोश्रो तथा प्रमोद श्रेष्ठ र प्रबीण कार्कीको समुह तेश्रो भएका छन् । प्रहरी र सर्वसाधारणको सम्बन्ध र सहकार्यलाई अझै सुमधुर बनाउनकालागि असार–१८ गतेदेखि खुला ब्याडमिन्टन प्रतियोगीता सञ्चालन गरिएको थियो । प्रतियोगीता शनिबार सम्पन्न भएको हो । 

‘प्रहरी मेरो साथी’ भन्ने नारासहित जिल्ला प्रहरी कार्यालय र सामुदायीक बिकास सेवा केन्द्रले प्रतियोगीताको आयोजना गरेको हो । कर्मचारी मिलन केन्द्रको प्रांगणमा सञ्चालन गरिएको प्रतियोगीतामा ४० खेलाडीले प्रतिष्पर्धा गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बिद्यानन्द माझीले बताए । प्रतियोगीताका बिजेता खेलाडीलाई सोमबार पुरस्कार बितरण गर्ने जनाइएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post