sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » पुर्व सभाषद राईमाथि भएको कुटपिटको भर्त्सना

खोटाङ, असार २१ । खोटाङका राजनैतिक दलले पुर्व सभाषद अर्जुन राईमाथि भएको कुटपिटको घटनाप्रति भत्र्सना गरेको छ ।बुईपा जानेक्रममा हुर्लुङमा बास बसेका पुर्वसभाषद राईमाथि शनिबार राती नुनथला–८ का २२ वर्षीय तेञ्जिङ शेर्पा र उदयपुरको कटारी–८ का २४ वर्षीय रमेश अछामी लगायतको १२ जना भन्दा बढिको समुहले निर्घात कुटपिट गरेको भन्दै राजनैतिक दलले भत्र्सना गरेका हुन् । सोमबार प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीलाई संयुक्तरुपमा ज्ञापनपत्र बुझाउँदै जिल्लामा क्रियासिल ९ दलले दोषीलाई कडाभन्दा कडा कानूनी कारबाही गर्न ध्यानाकर्षण गराएका छन् । ज्यान जोगाउन भाग्दा समेत मकै बारीमा लखेटी–लखेटी कुटपिट गर्नुले ज्यानै मार्ने उद्धेश्यले पुर्वसभाषदमाथि आक्रमण गरिएको दलका नेताहरुको भनाई छ । 

पुर्वसभाषदलाई कुटपिट गर्ने दोषीलाई कारबाहीको माग गर्दै प्रजिअ चन्द्रबहादुर कार्कीलाई ज्ञापनपत्र बुझाउँदै स्थानीय शान्ति समितिका संयोजक श्यामराज राई (दायाँ) । 

 दलकातर्फबाट प्रजिअलाई ज्ञापनपत्र बुझाउँदै स्थानीय शान्ति समितिका संयोजक श्यामराज राईले घटनाका बिषयमा छानबीन गर्न उच्चस्तरिय छानबीन समिति गठनको माग गर्नुभएको छ । कजिम्मेवार र प्रतिष्ठित व्यक्तीमाथि भएको आक्रमणले सरकार र स्थानीय प्रशासनको शान्ति सुरक्षामा गम्भीर प्रश्न चिन्ह खडा गरेको दलका नेताहरुले बताएका छन् । मेवा खोला हाईड्रोपावरको फलामे पोल ढुवानीकालागि बुईपा जानेक्रममा पुर्वसभाषद राईमाथि हुर्लुङमा बास बसेकै ठाउँमा आक्रमण भएको थियो । हालसम्म जिल्ला अस्पतालमा उपचार गराइरहेका पुर्वसभाषद राईलाई थप उपचारकालागि सोमबार दिउँसो काठ्माण्डौं पठाइएको छ । कुटपिटमा संलग्न शेर्पा र अछामीलाई प्रहरीले पक्राउ गरेर कारबाही अघि बढाइएको डिएसपी बिद्यानन्द माझीले बताउनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post