sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » कबिता प्रतियोगीतामा ‘अटल क्रान्तीकारी’ पहिलो

खोटाङ, असार ३० ।  भानु जयन्तीको अवशरमा खोटाङमा आयोजना गरिएको जिल्ला स्तरिय कबिता प्रतियोगीतामा बुईपाका ओमप्रकाश घिमिरे ‘अटल क्रान्तीकारी’ प्रथम हुनुभएको छ । २०३ औं भानुजयन्तीको अवशरमा बुधबार राष्ट्रिय वाङमय कला प्रतिष्ठानले समिक्षालय हलमा आयोजना गरेको प्रतियोगीतामा घिमिरेले प्रथम स्थान प्राप्त गर्नुभएको हो । प्रतियोगीतामा च्यास्मीटारका नबिन प्यासी दोश्रो र बुईपाकै प्रेमिला राई तेश्रो हुनुभएको छ । प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्न सफल कबि÷कबयित्रीलाई क्रमशः नगद ५ हजार, ३ हजार र २ हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।

 बिजेता कबि÷कबयित्रीलाई प्रमुख अतिथिकारुपमा साहित्यकार जसराज किरातीले नगद तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रतियोगीतामा जिल्लाका १७ जना कबि÷कबयित्रीको सहभागीता रहेको थियो । कार्यक्रममा अप्रतियोगी कबिता समेत बाचन गरिएको थियो । गायक पृथी जिम्बाले गीतका माध्यमबाट साहित्यीक वाताबरण तताउनुभएको थियो । कार्यक्रम राष्ट्रिय वाङमय कला प्रतिष्ठानका अध्यक्ष बिष्णु आभूणको सभापतित्व तथा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की र गीतकार राजन राईको बिशेष आतिथ्यमा सम्पन्न भएको थियो । 
जितेको रकम बिद्यालयलाई  
कबि ओमप्रकाश घिमिरे ‘अटल क्रान्तीकारी’ले कबिता प्रतियोगीतामा जितेको रकम पुस्तकालय स्थापनार्थ चम्पावती उच्च माबि बुईपालाई प्रदान गर्ने घोषणा गर्नुभएको छ । कबि घिमिरेले भानु जयन्तीको अवशरमा बुधबार आयोजित प्रतियोगीतामा प्रथम पुरस्कार स्वरुप प्राप्त भएको नगद ५ हजार पुस्तकालय स्थापनाकालागि आफु अध्ययन गरेको बिद्यालयलाई प्रदान गर्ने घोषणा गर्नुभएको हो । ‘कबिता प्रतियोगीतामा जितेको रकम आफु पढेको बिद्यालयलाई दिएको हुँ,’ घिमिरेले भन्नुभयो, ‘त्यो रकम बिद्यालयले पुस्तकालय स्थापनाकालागि खर्च गर्ने छ ।’

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post