sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » » सिप सिकेर विदेश जाँदा मालामाल

खोटाङ २ साउन
बीना तालिम बिदेश पुगेका कामदारको कमाई राम्रो नहुने सुनेजानेका खोटाङको बुईपा–१ का नरेनजङ किराती स्काफोल्डिङको तालिम लिएर वर्ष दिनअघि कतार पुगे । हातमा सीप र दक्षता भएका कारण उनलाई कम्पनीले सहजै पत्यायो । मेनपावरलाई ७५ हजार शुल्क बुझाएर कतार पुगेका किरातीको हाल मासिक आम्दानी १ हजार ६ सय रियल (नेपाली रुपैयाँ ४० हजार बढि) छ । जबकी, त्यही काम गर्ने अन्य अदक्ष कामदारको मासिक तलव एक हजार रियल मात्र छ ।

बिदेश जानुअघि राम्ररी बुझेर २०७१ साल कार्तिकमा कतार पुगेका उनलाई हाल बैदेसिक रोजगारीको आम्दानीले ऋणपान तिर्न, परिवारको गर्जो टार्न र बचत गर्न कुनै समस्या छैन । तालिम नलिइकन त्यही काममा गएका उनीसँगै काम गर्ने साथीहरुले भने बढिमा मासिक १ हजार मात्र थाप्ने गरेको किराती बताउछन् । ‘काम त्यही हो, पसिना बग्ने बराबर हो,’ किरातीले फोनबाट भने, ‘तर तालिम प्राप्त छैन भने उसको तलव थोर हुन्छ ।’

साउदीअरबमा ईलेक्ट्रिसियनका काम गर्दैआएका खार्मीका उमेश राईको मासिक आम्दानी पनि ४० हजारको हाराहारीमा छ । तालिम लिएर दक्ष कामदारकारुपमा साउदी पुगेका कारण अदक्ष कामदारको तुलनामा उनको तलव बढि हुन आएको हो । एकोहोरो पैसा कमाउने सपनामा बीना तालिम बिदेश पुग्ने कामदारको अवस्था भने दयनीय छ । तालिम नलिएका कतिपय कामदारहरुलाई कम्पनीले दुःख दिने र रित्तो हात फिर्ता पठाउने गरेका छन् । ‘तालिम लिएर आउनेहरुको मासिक तलव पसिना बगाए अनुशार राम्रो छ,’ राईले भने, ‘बीनातालिम बिदेश आउने नेपालीको तलव दक्षको भन्दा कम छ ।’

सुन्दर भविष्यको कल्पना गर्दै युवायुवती बिदेशमा ‘थुप्रिएको पैसा टिप्न पाईने’ सरह बिदेसिइरहेका छन् । कतिपयलाई बिदेशमा गएर गर्ने कामको नाम र प्रकृतिका बिषयमा समेत जानकारी हुन्न । बीना तालिम बिदेश जाने युवायुवतीको सपना पूरा हुनुभन्दा भताभुङ्ग भइरहेको जनसेवा समाज नेपाल खोटाङ र हेल्भेटास स्वीस इन्टरकोअपरेशनको साझेदारीमा बैदेसिक रोजगारीलाई सुरक्षित र उपलव्धीमुलक बनाउने विषयमा परामर्श प्रदान गर्दै आएको सुरक्षित आप्रवासन सूचना केन्द्र दिक्तेलका परामर्शकर्ता खिलाश्वरी दाहाल बताउँछिन् । बिदेश पुग्ने बित्तीकै मालामाल होला भन्ने सोच भएका कतिपय युवायुवती कमाइ गर्नुको सट्टा अलपत्रसम्म बनिरहेका छन् । परामर्शकर्ता दाहालका अनुशार तालिम सिकेर बिदेश गएका युवायुवतीको कमाई अदक्षको तरलनामा कम्तीमा दोब्बर तेब्बर बढि छ । ‘तालिम लिएर बिदेश गएका युवायुवतीको कमाई राम्रो छ,’ परामर्शकर्ता दाहालले भनिन्, ‘सकेसम्म बिदेश नजाऔँ, जाने नै भए तालिम लिएर मात्रा जानु राम्रो हो ।’

हाल कतारमा कार्यरत नेर्पा–५ का प्रदीप राईको भनाईको अनुभवले पनि तालिमको महत्व दर्शाउँछ । स्काफोल्डिङको तालिम लिएर २०७१ साल मंसिरमा त्यही कामकालागि कतार पुगेका प्रदीपको मासिक आम्दानी ४२ हजारसम्म पुग्छ । उनका अनुशार तालिम नलिएका भए मासिक १५÷२० हजारमै चित्त बुझाउनु पर्ने हुन्थ्यो । ‘तालिम नलिइ बिदेसिनु राम्रो हैन रहेछ,’ हाल कतारमा बिल्डिङ ईलेक्ट्रिसियनको काम गर्दैआएका ऐसेलुखर्क–८ का श्याम भुजेलले भने, ‘धन्न तालिम लिएर आइएछ, कमाई राम्रै छ ।’ एजेण्टलाई ६५ हजार बुझाएर २०७१ साल जेठमा बिदेसिएका भुजेलको मासिक आम्दानी ४५ हजारको हाराहारीमा छ ।

उनीहरुको अनुभवमा तालिम प्राप्त कामदारको काम सिमित छ, तर तालिम अप्राप्त कामदार जे काम गर्न पनि तयार हुनुपर्छ । तलव पनि उनीहरुकै कम हुन्छ । तालिम लिएका अर्थात ट्रेड युवायुवतीले मात्र बिदेशमा आफ्नो श्रम अनुशारको तलव पाउने गरेका छन् । बिदेश जाने निश्चित गरिसकेका कतिपय युवायुवती सुचना केन्द्रको परामर्शमा तालिम लिएर मात्र बिदेश पुगेका परामर्शकर्ता दाहाल बताउँछिन् । सुचना केन्द्रका अनुशार सन् २०११ देखि हालसम्म जिल्लाका करिब ९०० युवायुवती तालिम लिएर बैदेसिक रोजगारीमा गएका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post