sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » विद्यार्थी आर्कषण गर्न झोला वितरण

खोटाङ, २५ असार । बोर्डिङ स्कुलको प्रभावले विद्यार्थी घट्न थालेपछि जिल्लाको डम्बर्खुशिवालयस्थित पञ्चकन्या प्राविका विद्यार्थीलाई झोला वितरण गरिएको छ ।

आकर्षक पोषाक र झोला प्रयोग गरेको देखेर बोर्डिङप्रति सामुदायीक विद्यालयका विद्यार्थीको आर्कषण बढेको पहिचान भएपछि यहाँका अविभावकले विद्यार्थीलाई झोला बितरण गरेका हुन् । हरेक वर्ष विद्यार्थीको संख्यामा गिरावट आउदै गएकाले विद्यालयलाई बोर्डिङ सोसरहको सुविधा उपलव्ध गराए विद्यार्थीको संख्या बढाउन सकिने आशामा विद्यार्थीलाई झोलासंगै शैक्षिक सामग्री बितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार चौलागाँईले जानकारी दिए । उनका अनुसार,‘गाँउका विद्यालयमा विद्यार्थी संख्या घट्दै जाँदा विद्यालय सुनसान हुने खतरा बढेकोले उनिहरुलाई हौसलाका लागि झोला बितरण गरिएको हो ।” सानो उमेरका विद्यार्थीले किताव, कापी हातमा बोकेर आउँदा बोझ हुने,  किताव, कापी च्यातेर चाँडै थोत्रो पार्ने र दैनिकजसो हराउने समस्या भएकाले उनिहरुलाई बिद्यालयको लोगोसहितको झोला वितरण गरिएको छ ।  
खोटाङको डम्बर्खुशिवालयस्थित पञ्चकन्या प्राविका विद्यार्थीलाई झोला वितरण गरेपछि सामुहिक फोटो खिचाउँदै । 

६० जना विद्यार्थी संख्या रहेको उक्त विद्यालयमा दिनानुदिन घटेर ३० भन्दा कम हुन थालेको र कतिपय विद्यार्थी विद्यालय नै नपुगी बाटैबाट फर्कने गरेपछि  दिव्या रोजिन ट्रपिन टाईम कम्पनी खोटाङकोे आर्थिक सहयोगमा विद्यार्थीलाई झोला बितरण गरिएको शिक्षक अविभावक संघका अध्यक्ष बाबुराम भट्टराईले जनाए । विद्यालयले विद्यार्थीलाई झोलालगायतका शैक्षिक सामग्री प्रदान, मेहनेती र नियमित विद्यालय आउने विद्यार्थीलाई मासीकरुपमा पुरस्कारको व्यवस्था गरेपछि अहिले सवै विद्यार्थी नियमित  विद्यालय आउने गरेको प्रअ खड्गकुमार खड्काले जनाए । उनका अनुसार, ‘विद्यार्थी नियमित बिद्यालय आएपछि पठन–पाठनमा थप हौसला बढेको छ ।’ स्थानिय समाजसेवीद्धय नृपबहादुर चौलागाई र लक्षमण रोईलाले विद्यार्थीलाई संधै विद्यालय आउन भन्दै झोला वितरण गरेका हुन । जिल्लामा उच्च मावि , मावि, निमावि र प्रावि गरि ५ सयको हाराहारीमा सामुदायीक विद्यालय सञ्चालनमा छन् । जसमध्ये सवैजसो विद्यालयमा विद्यार्थी संख्या दैनिक घटिरहेको जिल्ला शिक्षा कार्यालय खोटाङको भनाई छ । वालवालीकालाई वोडिङ स्कुल पढाउनकै लागि वसाई सर्नेको सख्यामा बृद्धि भएकोले संख्यामा कमी आएको जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमीरेको ठहर छ । पञ्चकन्या प्रावि दक्षिणी क्षेत्रको दुर्गम गाँउमा पर्दछ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post