sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको आयव्याय सार्वजनिक

खोटाङ, साउन ५ । खोटाङमा जेठ तेश्रो साता सञ्चालन गरिएको ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’को आयव्याय सार्वजनिक गरिएको छ ।
 नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा सदरमुकाम दिक्तेलस्थित माटिकोरे खेलमैदानमा गत जेठ–२० गतेदेखि २२ गतेसम्म सञ्चालन गरिएको खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको आयव्याय मंगलबार सार्वजनिक गरिएको हो । गुरु पूर्णीमाको अवशरमा बिशेष सम्मान कार्यक्रम गर्दै संघले सार्वजनिक सुनुवाई गरी प्रतियोगीताको आम्दानी र खर्चका बिषयमा सबैपक्षलाई जानकारी दिएको छ । 

माटिकोरे कबर्ड हलमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा संघका अध्यक्ष सञ्जयकुमार राईले प्रतियोगीता गर्नकालागि २१ लाख १० हजार ३२६ रुपैयाँ आर्थिक तथा २ लाख ४८ हजार ६ सय बराबरको भौतिक गरी २३ लाख ५८ हजार ९२६ रुपैयाँ रकम प्राप्त भएकोमा २६ लाख ४९ हजार ८०० रुपैयाँ खर्च भएको जानकारी दिए । प्रतियोगीताका दौरान आयभन्दा २ लाख ९० हजार ८७४ रुपैयाँ बढि खर्च भएको सार्वजनिक गरिएको छ । खेल संस्कृतिको विकास गर्दै जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले सञ्चालन गरिएको प्रतियोगीतालाई सफल बनाउन व्यक्तीगत तथा संस्थागत गरी ४४ दाताबाट २१ लाख १० हजार ३२६ रुपैयाँ आर्थिक सहयोग र २ लाख ४८ हजार ६०० बराबरको भौतिक सहयोग प्राप्त भएको अध्यक्ष राईले जानकारी दिए । सार्वजनिक सुनुवाईको अवशरमा प्रतियोगीता सञ्चालनकाक्रममा आर्थिक र भौतिक सहयोग गर्ने सहयोगीलाई संघले सम्मान गरेको छ । 
भौगोलिक, आर्थिक लगायतका हिसावले दिक्तेलमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगीता सञ्चालन चूनौतीपूर्ण भएपनि खेलकुदको प्रबद्र्धनकालागि सितोरियो संघले चन्दा उठाएरै हिम्मत गरेको थियो । भूटान, भारत तथा नेपालका सितोरियोतर्फका अधिकांश खेलाडीको उपस्थिति रहेका कारण जिल्लाबासीले प्रतियोगीतालाई महत्वकासाथ हेरेका थिए । जिल्लामा प्रतियोगीताको पक्ष र बिपक्षको वाताबरण निर्माण हुँदा आयोजकले चुनौतीपूर्ण अवस्थामा प्रतियोगीता सञ्चालन गरेको हो । तीन वर्षको अथक प्रयासपछि मात्र संघ दिक्तेलमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता गर्न सफल भएको हो । खोटाङलाई थप परिचित गराउनकालागि प्रतियोगीतालाई आगामी दिनमा पनि निरन्तरता दिने अध्यक्ष राईले प्रतिबद्धता जनाएका छन् । 
भारत, भूटान, नेपाली सेना, शसस्त्र प्रहरी, पाँच बिकास क्षेत्र, बिश्वबिद्यालय, गोजोरियो र आयोजक सहित १२ टिमले प्रतिष्पर्धा गरेको प्रतियोगीतामा ७ स्वर्ण र २ रजत सहित शसस्त्र प्रथम, ४ स्वर्ण, २ रजत र ३ कास्यसहित त्रिभुवन आर्मी क्लव दोश्रो र ३ स्वर्ण र ११ कास्य सहित भूटान तेश्रो भएका थिए । १७ स्वर्ण, १७ रजत र ३४ कास्य पदककालागि सञ्चालन गरिएको प्रतिष्पर्धामा आयोजक नेपाल सितोरियो कराते संघ जिल्ला शाखाले २ स्वर्ण, ७ रजत र ५ कास्य सहित चौथो तथा १ स्वर्ण, १ रजत र २ कास्यसहित भारतले पाँचौ स्थान प्राप्त गरेको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post