sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » श्वास प्रश्वासको समस्याले च्यापेपछि प्रजातन्त्र सेनानी रुम्दाली अस्पताल भर्ना

खोटाङ, असार ३० । श्वास प्रश्वासको समस्यले थलिएका खोटाङको ज्यामिरे–९ का ८५ वर्षीय प्रजातन्त्र सेनानी बलबहादुर रुम्दाली अस्पताल भर्ना भएका छन् । तीन दिन अघिदेखि श्वास बढ्ने, श्वास रोकिन खोज्ने, छिटो–छिटो श्वास फेर्ने लगायतका समस्या बढेपछि प्रजातन्त्र सेनानी रुम्दालीलाई मंगलबार अस्पताल भर्ना गरिएको हो । 
हाल प्रकासपुर–८ सुनसरीमा छोरी सुबासी र ज्वाईँ भवानीशंकर अधिकारीको आश्रयमा बसिरहेका बृद्ध अवस्थाका रुम्दालीलाई श्वास प्रस्वासको समस्याले च्यापेपछि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको हो । सिकिस्त बनेपछि रुम्दालीको इमरजेन्सी कक्षमा राखेर उपचार भइरहेको ज्वाईँ भवानीशंकरले बताए । ‘तीन दिनदेखि समस्य बल्झिएपछि अस्पताल लगिएको हो,’ उनले भने, ‘स्लाइन दिएर इमरजेन्सीमा उपचार भइरहेको छ ।’ 
नेपाली कांग्रेस खोटाङले संकलन गरेर पठाएको रकमले रुम्दालीलाई अस्पताल पु¥याइएको हो । कांग्रेसले उपचार खर्च स्वरुप संकलन गरेको ७२ हजार २६० रुपैयाँ सोमबार रुम्दाली परिवारलाई प्रदान गरिएको कांग्रेस खोटाङका सह–सचिव प्रेमकुमार राईले बताए । दुई वर्षदेखि थलिएका रुम्दालीले स्वास्थ्य उचारकालागि आर्थिक समस्य झेल्दैआएका छन् । दम र फोक्सोमा भएको समस्यका कारण २ वर्षदेखि ओछ्यानमा थलिएका राईको उपचारमा मासिक दश हजारको हाराहारीमा खर्च हुने गरेको छ । फोक्सोमा देखिएको समस्यका कारण उनलाई बेला–बेलामा अस्पताल लगेर अक्सिजन दिनुपर्ने बाध्यता छ । 
खोटाङ्गे भएको नाताले खोटाङका सबै राजनैतिक दलले बिरामी रुम्दालीको बचाउकालागि सहयोग संकलन गर्न स्थानीय शान्ति समितिका पुर्वसंयोजक ललितकुमार राईको संयोजकत्वमा चार सदस्यीय सहयोग समिति गठन गरिएको छ । आर्थिक अभावमा रोगको उपचार गराउन नसकेर दुई वर्षदेखि थलिएका रुम्दालीको उपचारकालागि रकम जुटाउनकालागि चार सदस्यीय समिति गठन गरिएको शान्ति समितिका संयोजक श्यामराज राईले बताए । इटहरी पुगेकोबेला फेसबुकको माध्यमबाट प्रकाशपुर पुगेका एमाले खोटाङका अध्यक्ष बबी चामलीङ लगायतले योद्धा बलबहादुरको जीबन बचाउ र सम्मानमा सहयोग जुटाउने वाताबरण बनाउन शान्ति समिति समक्ष प्रस्ताब गरेको केही दिनमै सहयोग समिति बनाइएको हो । चामलीङ लगायतको टोलीले निष्ठावान योद्धा बलबहादुर खोटाङका सबैको साझा व्यक्तीत्व भएकाले उनको स्वास्थ्यपचारमा सबै लाग्नुपर्ने बहस चलाएसँगै कांग्रेस खोटाङका सभापति नरेश श्रेष्ठको अगुवाईमा काठ्माण्डौंमा बलहादुरको उपचारकालागि ९६ हजार ६ सय रुपैयाँ संकलन गरिएको थियो । 
२००७ सालमा प्रजातन्त्र प्राप्तीकालागि लाल सेनाको सेनानीको जिम्मेवारी लिएर बिभिन्न लडाईँमा मोर्चा सम्हालेका रुम्दालीले २०१७ सालको सत्याग्रह, २०३६ सालको जनमत संग्रह देखि २०४६ सालको प्रजातन्त्र स्थापनासम्म भूमीका निभाएका थिए । २०४९ सालतिर कांग्रेसका जिल्ला सभापति बनेका रुम्दाली २०४८ सालको आमनिर्वाचन र २०५१ सालको मध्यवधि निर्वाचनमा क्षेत्र नम्बर १ बाट सांसदको उम्मेदवार बनेपनि पराजित भएका थिए । सुकुम्बासी समस्य समाधान आयोगको जिल्ला अध्यक्ष बनेका रुम्दाली करिब १५÷२० वर्षअघिदेखि जिल्ला बाहिर बस्न थालेका हुन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post