sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » पार्टीलाई आत्मनिर्भर बनाउन उत्पादन केन्द्र

खोटाङ, साउन १३ । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी खोटाङले पार्टीको आत्मनिर्भरताका लागि आर्थिक उत्पादन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । 

व्यवसायी, कर्मचारी तथा शुभेच्छुकबाट मागेको चन्दाका भरमा पार्टीलाई चलाउनुपर्ने बाध्यताको अन्त्याका लागि नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीले जिल्लामा आर्थिक उत्पादन केन्द्र सञ्चालन गर्ने अवधारण अघि सारेको हो । 

पार्टीको मंगलबार सम्पन्न बैठकले पार्टी र कार्यकर्ताको आत्मनिर्भरताकालागि आर्थिक उत्पादन केन्द्र सञ्चालन गर्ने निर्णय पारित गरिएको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका नेता झमप्रसाद आचार्यले बताए । पार्टीका केन्द्रीय सदस्य मिनकुमार राउतको प्रमुख आतिथ्यमा सदरमुकाम दिक्तेलमा भएको बैठकले पार्टीलाई आत्मनिर्भरताको बाटोमा लैजाने निर्णय गरेको बुधबार प्रकाशित बिज्ञाप्तीमा जनाइएको छ । आर्थिक उत्पादन केन्द्रको क्षेत्र र स्थानका बारेमा भने केही पार्टीले स्पष्ट उल्लेख गरेको छैन । ‘कति मागरेर पार्टी चलाउने ? अव नमागी चल्ने बनाउनु पर्छ,’ कार्यालय सचिव रहेका आचार्यले भने, ‘कृषि वा पशुपन्छी पालनमध्ये कुनै एउटा व्यवसायबाट पार्टीलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने भनेका हौँ ।’ 

पार्टीले अनुशासन तोड्ने जिल्ला कमिटिका दर्जन कार्यकर्तालाई कारबाही गरेर पार्टीबाट निस्कासन गरेको जनाएको छ । तर, पार्टीले उनीहरुको नाम उल्लेख गर्न चाहेन । ‘उनीहरुको नाम अहिले सार्वजनिक नगरौँ,’ आचार्यले भने, ‘कारबाही परेका ठाउँमा नयाँ मान्छे ल्याएर जिल्ला कमिटिलाई पुनर्निमाण गरेका छौँ ।’ नेपाल कम्यूनिष्ट पार्टी क्रान्तिकारीले खोटाङ र ओखलढुंगामा पर्ने ३ सय मेगावाटको दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजना बिदेसी कम्पनीलाई सुम्पन नहुनेपक्षमा वकालत गर्न संघर्ष समिति बनाउने निर्णय गरेको जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post