sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » महिलालाई बन्दुकले हानेर ज्यान मार्ने धम्की आरोपमा एक पुरुष पक्राउ

खोटाङ, साउन १६ । खोटाङमा छिमेकी महिलालाई बन्दुकले हानेर ज्यान मार्ने धम्की दिने पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । आपसी झगडाका क्रममा फेदी–३ का रेबधन राईकी श्रीमती जन्ता राईलाई बन्दुकले हानेर ज्यान मार्ने धम्की दिने सोही ठाउँका ३५ वर्षीय मनबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।

गत मंगलबार भएको आपसी झगडामा महिलालाई भरुवा बन्दुकले गोली हानेर मार्ने धम्की दिएको उजुरीका आधारमा राईलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । राईको साथबाट भरेको एक नाल बन्दुक, गोली र बारुद समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक बिद्यानन्द माझीले बताए । ‘झगडा हुँदा महिलालाई बन्दुकले हानेर मार्ने धम्की दिएका रहेछन्,’ डिएसपी माझीले भने, ‘उजुरीको आधारमा मनबहादुरको घरमा खानतलासी गर्दा बन्दुक भेटिएको हो ।’ 

उनले चलाएको बन्दुक अबैध रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका राईविरुद्ध हातहतियार तथा खरखजना अन्तरगतको मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब निरीक्षक मनोज यादवले बताए । भरुवा बन्दुक संकलन अभियान चलाइएपनि जिल्लामा अझैपनि अबैध बन्दुक लुकाइएको पाइएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post