sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङमा एक व्यक्ति मृत फेला, एक व्यक्तिमाथी खुकुरी प्रहार

खोटाङ २, साउन । खोटाङमा एक व्यक्ति मृत फेला परेका छन् । दिक्तेल नगरपालीका –१५ का ४५ वर्षिय खीला केसी आईतवार बिहान मृत फेला परेका हुन । घर नजिकैको मकैबारीमा केसी मृत आवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव निरीक्षक सरोज राईले जानकारी दिए  । 
सधंैजसो मादक पदार्थ सेवन गर्ने केसीको मादक पदार्थ सेवन गरेकै कारण मृत्यू भएको हुन सक्ने स्थानीयलाई उदृत गर्दै राईले बताए । केसी मकैबारीमा हिलोमा भासिएको अवस्थामा मृत भेटिएकाले घटनाको छानमीन भइरहेको राईको भनाई छ । प्रहरी टोलि घटनास्थलतर्फ बिहानै गएको भएपनि घटनाका बारेका थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

यसैबिच, खोटाङमा एक व्यक्तिमाथी खुकुरी प्रहार भएको छ । सनिबार राति बाम्राङका कुवेर राईमाथी खुकुरी प्रहार भएको हो । रविन्द्र राई नामका व्यक्तिले कुवेरमाथी खुकुरी प्रहार भएको स्थानीयबाट टेलीफोनमार्फत जानकारी आएको प्रहरी नायव निरीक्षक सरोज राईले बताए । खुकुरी प्रहारपछि गम्भीर घाईते भएका राईलाई उपचारका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको छ । 
खुकुरी प्रहार गर्ने रविन्द्र फरार रहेको र घटनास्थलमा प्रहरी टोलि खटाइसकिएको उनले बताए । पीडित पक्षको उजुरी नआएसम्म र अनुसन्धान नभएसम्म घटनाका बारेमा थप जानकारी हुन नसक्ने निरीक्षक राईको भनाई छ । घटना बाम्राङमा भएको भएपनि आधिकारीक ठेगाना र घटना घटाउने व्यक्ति र पीडितको ठेगाना खुल्न सकेको छैन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post