sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » दिक्तेल क्याम्पसको दोश्रो साधारणसभा सम्पन्न

खोटाङ, साउन ४ । खोटाङको दिक्तेल बहुमुखी क्याम्पसको दोश्रो साधारणसभा सम्पन्न भएको छ । २०३७ साल असोज–१२ गते स्थापना गरिएको जिल्लाकै पहिलो क्याम्पसको दोश्रो साधारणसभा सोमबार गरिएको हो ।

१० वर्षसम्म सञ्चालक समिति बिहिन बनेको क्याम्पसमा २०६९ साल साउन–४ गते सञ्चालक समिति बनाइएपछि क्याम्पस स्थापना पछिको यो दोश्रो साधारणसभा हो । चार वर्षअघि सनबहादुर राईको अध्यक्षतामा बनेको सञ्चालक समितिले तयार पारेको क्याम्पस सञ्चालन नियमावली अनुशार गत वर्षदेखि सञ्चालक समितिको नियमितरुपमा साधारणसभा हुँदैआएको छ । क्याम्पसकै हलमा सम्पन्न साधारणसभाले क्याम्पस प्रमुख प्राध्यपक डा. सुकराज राईले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र सहायक क्याम्पस प्रमुख हर्कबीर राईले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिबेदन पारित गरेको छ । क्याम्पस प्रमुख प्राध्यपक डा. राईले प्रशासनिक, शैक्षिक, भौतिक तथा आर्थिक क्षेत्रको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
साधारणसभामा क्याम्पसको गुणस्तर सुधारकालागि रचनात्मक कार्यक्रम सञ्चालन गर्ने, मल्टिपल मिडिया प्रबिधिबाट पठनपाठनको व्यवस्था गर्ने, कक्षा ११ र १२ को त्रैमासिक र स्नातक तहको चौमासिकरुपमा आन्तरिक परिक्षा सञ्चालन गर्ने, शिक्षण सिकाईमा आधुनिक बिधिको खोजी गर्ने, कक्षामा नियमित उपस्थित हुने सबै तकका बिद्यार्थीलाई पुरस्कृत गर्ने, नियमित उत्तिर्ण हुने उत्कृष्ट छात्र÷छात्रालाई सम्मान गर्ने, उत्कृष्ट अंक ल्याउने बिषयगत प्राध्यपकलाई सम्मान गर्ने लगायतका निती तथा कार्यक्रम पारित गरिएको छ ।

क्याम्पसमा सबैभन्दा बढि उपस्थित हुने उप–प्राध्यपक बिमला राई र कर्मचारीतर्फ गोपाल दाहाललाई साधारणसभाकै अवशरमा सम्मान गरिएको छ । सबैभन्दा बढि नियमित हुनुहुने उप–प्राध्यपक राईलाई क्याम्पस सञ्चालक समितिका अध्यक्ष देबीप्रसाद रिजाल र कर्मचारी ढकाललाई जिल्ला शिक्षा अधिकारी निर्मल घिमिरेले कदरपत्रकासाथमा नगद प्रदान गर्नुभएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष रिजालको सभापतित्वमा सम्पन्न कार्यक्रमका बक्ताहरुले क्याम्पसको शैक्षिक र भौतिक बिकासमा जोड दिएका छन् । राजनैतिक दलकातर्फबाट एमालेका उप–सचिव कुमार आचार्य, जिल्ला शिक्षा अधिकारी घिमिरे, क्याम्पस सञ्चालक समितिका पुर्वसदस्य राजन राई, सरस्वती माबिका प्राचार्य ध्यानबहादुर राई लगायतले बोल्नु भएको थियो ।

दक्ष र अनुभवी प्राध्यपक रहेको दिक्तेल क्याम्पसमा जिल्लाबाहेक उदयपुर, भोजपुर, ओखलढुंगा र सोलुखुम्बुका बिद्यार्थी अध्ययन गर्छन् ।





यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post