sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » 'म (दिलकाजी) हुँदासम्म खोटाङमा माओवादीले एक जना मान्छे मार्दैन'

खोटाङ ३१ असार
खोटाङका महान क्रान्तिकारी नेता दिलकाजी कार्कीको निधन भएको आज १४ वर्ष पूरा भएको छ । पार्टीमा उनलाई अर्जुन भनेर चिनिएपनि खोटाङबासीले भने उनको पुरानै नाम दिलकाजीको नामले चिन्ने गर्दथे । नाम मात्रै उनको दिलकाजी होइन, काम समेत दिलवाला रहेको थियो । क्रान्तिकारीहरुले बन्दुकलाई पहिलो प्राथमिकता राखेर दुश्मनलाई परास्त गर्ने भएपनि दिलकाजीले भने खोटाङमा शान्तिपूर्ण रुपबाट विचारलाई गोलीको रुपमा प्रयोग गरेर अग्रगामी परिवर्तनको मुद्धा अघि सारेका थिए ।

खोटाङका महान स्वर्गिय माओवादी नेता दिलकाजी दम्पत्ती । तस्बीर, समिता कार्की, फेसबुक
उनले आफू खोटाङमा रहँदासम्म माओवादीले एक जना मान्छे पनि नमार्ने र खोटाङमा रगत नबग्ने भन्दै जनताको मुक्तिको पक्षमा लागिरहेका थिए । त्यसै क्रममा आजैका दिन ३१ असार २०५९ का दिन उनको हत्या भएको थियो । प्रत्यक्षदर्शी तथा खोटाङका माओवादी नेता कार्यकर्ताले तत्कालिन राज्य सेनाले सिमपानीबाट दिलकाजीलाई गिरफ्तार गरी हत्या गरेको दाबी गर्दै आएका छन् । सो समयमा दिलकाजीसँगै उनकी श्रीमती इन्दिरा कार्कीको समेत सँगै हत्या भएको थियो । आफू खोटाङमा रहँदासम्म रगत बग्न दिन्न भन्ने उनै दिलकाजीको हत्यासँगै खोटाङमा विद्रोही तथा राज्य पक्षबाट जघन्य खालका मानव अधिकार विरोधी घटना समेत घटेका थिए । 
विचारलाई प्रधान मानेर मुक्तिका लागि लडिरहने दिलकाजी हामी माझ नरहे पनि खोटाङबासीले भने उनलाई भुल्न सकेका छैनन् । उनी अहिले हुन्थे भने खोटाङको विकासले समेत कोल्टे फेथ्र्यो होला, साँच्चै उनी असल र परिवर्तनकामी थिए, उनलाई नजिकबाट चिनेका र अहिले काठमाडौंमा रहेका एक खोटाङवासीले भने, दिलकाजी आज हामीमाझ हुनुहुन्न, तर उहाँ सम्झनामा जहिल्यै रहिरहनु हुनेछ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post