sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » राजनैतिक दललाई फुटबलको उपाधी

असार–१९ । खोटाङमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगीतामा राजनैतिक दलले प्रथम सथान हासिल गरेको छ । खेलकुद पत्रकार दिबसको अवशरमा नेपाल पत्रकार महासंघ शाखा खोटाङले आयोजना गरेको मैत्रीपूर्ण खेलको फाईनलमा कर्मचारीलाई शुन्यका बिरुद्ध १ गोल गर्दै राजनैतिक दलले प्रथम स्थान हात पारेको हो । 

सदरमुकाम दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजित प्रतियोगितामा कर्मचारी टिमका खेलाडीले गरेको हेडिङ आत्मघाती गोलमा परिणत भएपछि सोही गोलले नै दललाई जिताएको हो । यस्तै, पत्रकार महासंघको टिमलाई पछि पार्दै उद्योग बाणिज्य संघले तेश्रो स्थान हाँसिल गरेको छ । बाणिज्य संघले पत्रकार बिरुद्ध शुन्यका बिरुद्ध २ गोल गरेको थियो । पत्रकार महासंघ शान्त्वना स्थानमा खुम्चिए । प्रतियोगीतामा प्रथम, दोश्रो, तेश्रो र शान्त्वना टिमले क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र एक हजारकासाथमा प्रमाणपत्र हात पारेका छन् । बिजेता टिमलाई प्रमुख अतिथिका रुपमा जिल्ला न्यायधिस शान्तिप्रसाद आचार्यले नगद र प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ । 

उद्घाटन खेलमा पत्रकार महासंघलाई ६–१ गोल लअन्तरले हराउँदै कर्मचारी र बाणिज्य संघलाई २–० गोलअन्तरले हराउँदै राजनैतिक दल फाइनलमा पुगेको थियो ।  कर्मचारीको हकमा कार्यालय प्रमुख, उद्योग बाणिज्यको लागि पदाधिकारी र सदस्य, राजनैतिक दलको हकमा पदाधिकारीहरु र आयोजकको हकमा महासंघको जिल्ला कार्यसमिति तथा क्रियाशील पत्रकार मात्र खेलाईने आचारसंहिता तोकिएको थियो । तथापी, टीम नपुगेको भन्दै दलका तर्फबाट भने भातृ संस्थाकाहरुलाई समेत खेलमा समाबेश गरिएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post