sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » » गाउँपालिकाको सिमा र संख्या निर्धारणको काम तिब्र

खोटाङ, साउन ९– जिल्ला विकास समिति खोटाङले गाउँपालिकाको सिमा र संख्या निर्धारणको बिषयमा राय तथा सुझाब संकलनलाई तिब्रता प्रदान गरेको छ । 

गाउँपालिका, नगरपालिका तथा बिशेष संरक्षित वा स्वयत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगको मापदण्ड अनुशार बढिमा ९ वटा गाउँपालिका र नगरपालिका प्रस्ताव गरिएको जिल्लामा गाउँपालिकाको सिमा र संख्या निर्धारणको बिषयमा राय तथा सुझाब संकलनलाई तिब्रता प्रदान गरिएको हो । 

जिल्ला बिकास समितिले एक नगरपालिका र ७२ गाबिस रहेको जिल्लामा बन्ने गाउँपालिका र नगरपालिकाको सिमा र संख्या निर्धारणका विषयमा साउन–१६ गतेभित्र आ–आफ्नो धारणा, राय तथा सुझाव पेस गर्न आव्हान गरेको छ । स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डे संयोजकत्वको स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिले स्थानीय तह पुनसंरचनाका बिषयमा बिभिन्न क्षेत्रका बिज्ञासँग छुट्टाछुट्टै छलफल तथा परामर्शलाई जारी राखेको छ । प्राप्त भएको सुझावलाई साउन सान्तभित्र गाउँपालिका, नगरपालिका तथा बिशेष संरक्षित वा स्वयत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोग समक्ष बुझाईने जिल्ला बिकास समितिले जनाएको छ । 

केही समयअघि स्थानीय शान्ति समितिको संयोजनमा बसेको सर्वदलीय बैठकले भने जिल्लामा १३ गाउँपालिका हुनुपर्ने राय आयोगलाई बुझाएको थियो । आकारमा पनि छिमेकी जिल्ला ओखलढुंगा, सोलुखुम्बु र भोजपुरभन्दा ठूलो भएकाले पनि खोटाङमा गाउँपालिका बढि हुनुपर्ने दलका नेताहरुले बताएका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post