sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » प्रजातन्त्र सेनानी रुम्दाली राईको उपचारका लागि सहयोग जुटाउन समिति

खोटाङ, असार २१ । दम र फोक्सोको समस्याले थलिएका खोटाङको ज्यामिरे–९ का ८५ वर्षीय प्रजातन्त्र सेनानी बलबहादुर रुम्दाली राईको उपचारकालागि सहयोग जुटाउन सहयोग समिति गठन गरिएको छ । 



एमाले नेताहरुमाझ बिरामीले थलिएका बलबहादुर रुम्दाली राई । तस्बिर: बबी चामलीङको फेसबुक
हाल प्रकासपुर–८ सुनसरीमा छोरी सुबासी र ज्वाईँ भवानीशंकर अधिकारीको आश्रयमा बसिरहेका प्रजातन्त्र सेनानीको उपचार सहयोगकालागि स्थानीय शान्ति समिति खोटाङको पहलमा समितिका पुर्वसंयोजक ललितकुमार राईको संयोजकत्वमा सहयोग समिति गठन गरिएको हो ।
 आर्थिक अभावमा रोगको उपचार गराउन नसकेर २ वर्षदेखि थलिएका रुम्दालीको उपचारकालागि रकम जुटाउनकालागि चार सदस्यीय समिति गठन गरिएको शान्ति समितिका संयोजक श्यामराज राईले बताए । सबै दलको प्रतिनिधित्व रहनेगरी बनाइएको चार सदस्यीय समितिले खाता खोलेर व्यक्ती तथा कार्यालयबाट स्वेच्छिक रकम उठाउन थालिसकेको छ । इटहरी पुगेकोबेला फेसबुकको माध्यमबाट प्रकाशपुर पुगेका एमाले खोटाङका अध्यक्ष बबी चामलीङ लगायतले योद्धा बलबहादुरको जीबन बचाउ र सम्मानमा सहयोग जुटाउने वाताबरण बनाउन शान्ति समिति समक्ष प्रस्ताब गरेको केही दिनमै सहयोग समिति बनाइएको हो । चामलीङ लगायतको टोलीले निष्ठावान योद्धा बलबहादुर खोटाङका सबैको साझा व्यक्तीत्व भएकाले उनको स्वास्थ्यपचारमा सबै लाग्नुपर्ने बहस चलाएसँगै शनिबार कांग्रेस खोटाङका सभापति नरेश श्रेष्ठको अगुवाईमा काठ्माण्डौंमा बलहादुरको उपचारकालागि ९६ हजार ६ सय रुपैयाँ संकलन गरिएको छ । 


‘पार्टीकैतर्फबाट केही रकम संकलन भएको छ,’ कांग्रेस सह–सचिव प्रेमकुमार राईले भने, ‘रकम अरु बढाएर तत्काल बिरामीको हातमा सहयोग रकम पु¥याउने छौँ ।’ उनको सहयोगमा कांग्रेसले केही समयअघि निवर्तमान सचिव बीरकाजी राईको संयोजकत्वमा सहयोग समिति गठन गरेपनि निष्क्रिया भएको थियो । 
दम र फोक्सोमा भएको समस्यका कारण रुम्दाली ओछ्यानमा थलिएका हुन् । समस्या आइरहने भएकाले उनलाई बेला–बेलामा अस्पताल लगेर अक्सिजन दिनुपर्ने बाध्यता छ । उनको उपचारमै मासिक दश हजार खर्च सकिने गरेको छ । बलबहादुरको फोक्सो ‘ड्यामेज’ हुन लागेकाले दैनिक औषधिकाभरमा बचाइएको ज्वाईँ भवानीशंकरले बताए । २००७ सालमा प्रजातन्त्र प्राप्तीकालागि लाल सेनाको सेनानीको जिम्मेवारी लिएर बिभिन्न लडाईँमा मोर्चा सम्हालेका रुम्दालीले २०१७ सालको सत्याग्रह, २०३६ सालको जनमत संग्रह देखि २०४६ सालको प्रजातन्त्र स्थापनामा समेत जीवन समर्पण गरेका थिए । 
२०४९ सालतिर कांग्रेसका जिल्ला सभापति बनेका रुम्दाली २०४८ सालको आमनिर्वाचन र २०५१ सालको मध्यवधि निर्वाचनमा क्षेत्र नम्बर १ बाट सांसदको उम्मेदवार बनेपनि पराजित भएका कांग्रेसले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post