sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » उपचारका लागि क्यान्सर पिडितको याचना

खोटाङ, साउन २ । खोटाङको देबिस्थान–२ बोखुवाका क्यान्सर पिडित बाबुराम राईले उपचारका लागि सहयोगको याचना गरेका छन् । घाँटीको पछाडिपट्टीको दाहिने भागमा भएको क्यान्सरको उपचार गराउन नसक्दा घर फर्किएर थलिएका २८ वर्षीय राईले उपचारकालागि याचना गरेका हुन् । 
आर्थिक समस्याले उपचार गराउन नसक्दा एक वर्षदेखि घरैमा थलिएर बसिरहेका राईले शुभेच्छुकको साथ पाए बाँच्ने आशा राखेको बताए । उपचारकाक्रममा बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान हुँदै भरतपुर क्यान्सर अस्पतालसम्म पुगेर आर्थिक समस्यले घर फर्किएका राई पुःन उपचारकाक्रममा काठ्माण्डौं पुगेका छन् । आफन्त तथा शुभेच्छुकको सहयोगमा उपचारकालागि असार–१८ गते काठ्माण्डौं पुगेका क्यान्सर पिडित राई हाल जडीबुटीमा बसिरहेका छन् । ‘अप्रेसन गर्न मिल्दैन रे, औषधि खाइरहेको छु,’ बाबुरामले भने, ‘डाक्टरले किमो चलाउनुको बिकल्प छैन भनेको छ ।’ घाँटीको समस्यका कारण जीवन र मरणको दोसाँधमा तड्पेको वर्ष दिनपछि उनले सहयोगकालागि हारगुहार मागेका हुन् । भक्तपुर क्यान्स अस्पताल पु¥याइएका उनलाई स्वास्थ्यकर्मीले वर्ष दिनसम्म औषधि खान सल्लाह दिएको छ । हाल उपचार, खानपिन र कोठा भाडामा मासिक ४० हजार खर्च हुने राई परिवारले जनाएको छ । 
सुरुमा सानो गल्फुलोजस्तो गाँठोबाट घाँटीमा सुरु भएको रोगले ठूलो रुप लिइसकेको छ । स्थानीय स्वास्थ्य संस्थामा उपचार गराए पनि घाँटीको गाँठो बढ्दैगएको पिडितका काका रणबहादुर राईले बताए । क्रमशः बढ्दैगएको घाँटीको डल्लो हाल फुटेर फाट्दै गएको छ । फुटेको भाग कुहिएर प्वाल परेको छ । हाल डर लाग्दोगरी फैलिसकेको घाउ श्रीमती सर्मिला राईले सरसफाई गर्नेगरेकी छन् । आर्थिक अभाव भएपछि उपचार नै नगरी निराश हुँदै भरतपुरबाट घर फर्किएका राईले हालसम्म औषधि खाएर रोगको सामना गरिरहेका छन् । 
धरान हुँदै भरतपुरसम्म पुग्दा डेढ लाख खर्च भए पछि बाँकी उपचारकालागि रकम नभएपछि बिरामीलाई घर फर्काउनु परेको काका रणबहादुरले जनाए । उनका अनुशार अस्पतालले थप उपचारकालागि १२ लाखको हाराहारीमा रकम चाहिने बताएको छ । अस्पतालले भने अनुशारको रकम जुटाउन सम्भव नभएपछि बिरामीलाई घर फर्काइएको थियो । ‘भरतपुर पु¥याउँदा डेढ लाख सकियो,’ रणबहादुरले निराश हुँदै भने, ‘अझै ११ लाख चाहिन्छ रे, हामीले कहाँबाट ल्याउने तेत्रो पैसा, त्यही भएर उपचार नगरी फक्र्यौँ ।’ अस्पतालले बिरामीको किमो गर्न र घाउ सेकाउनकालागि बढि रकम चाहिने बताएको छ । 
खेतीपातीका काम गर्दैआएका राईको घाँटीमा १८ महिना अघि नै क्यान्सरको लक्षण देखिएको हो । क्यान्सरको उपचारकालागि उनीसँग न जग्गा नै छ न त पैसा नै । खर्चको अभावमा उपचार गर्न नसकेपछि घर फर्किएका बाबुराम हाल दर्दनाक अवस्थामा जीवन बिताइरहेका छन् । घाँटीको रोगले मुन्टो यताउती चलाउन मिल्दैन, खाना निल्न अप्ठ्यारो हुन्छ । बिरामीको स्वर आउँदैन, बोलेको बोली नै बुझीन छाडेको छ । आर्थिक समस्यकै कारण रोगले थला पारेको वर्ष दिनसम्म उनी अस्पताल जान सकेनन् । उनका घरमा श्रीमती सहित ६ वर्षका छोरा समर्पण र ४ वर्षका छोरी युनिसा छन् । कमाइ गरेर ल्याउने घरमुली क्यान्सरले थलिएका कारण हाल उनको परिवारको लालनपालनमा समस्या निम्तिएको छ । रोगले श्रीमान थलिएपछि पारिवारि समस्य टार्न गा¥हो भइरहेको श्रीमती सर्मिलाले बताईन् । आवश्यक रकम जुट्न सके उपचारपछि बाबुरामको जीवन जोगाउन सकिनेमा सर्मिला आशाबादी छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post