sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » ज्येष्ठ नागरिक संघलाई आर्थिक सहयोग

खोटाङ, साउन १६– ज्येष्ठ नागरिक संघ खोटाङको निर्माणाधिन भवनका लागि १० हजार आर्थिक सहयोग प्राप्त भएको छ । 

सदरमुकाम दिक्तेलको कर्ममन्दीर नजिक निर्माण भइरहेको संघको भवन पूरा गर्नका लागि प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले ५ हजार तथा सामुदायीक बिकास सेवा केन्द्रले ५ हजार सहयोग प्रदान गरेको हो ।

सामुदायीक विकास सेवा केन्द्रले आईतबार आयोजना गरेको ‘प्रहरीको ज्येष्ठ नागरिकसँग अन्तरक्रीया’ कार्यक्रमकै अवशरमा प्रजिअ कार्कीले ज्येष्ठ नागरिक संघका उपाध्यक्ष दुर्गाप्रसाद घिमिरेलाई रकम हस्तान्तरण गर्नुभएको छ । ज्येष्ठ नागरिकको साझा आवास घर निर्माणकालागि भवन निर्माणको काम सुरु गरिएको संघले जनाएको छ । प्रहरी सेवालाई थप प्रभावकारी बनाउनकालागि सुझाव लिन प्रहरीले बृद्धबृद्धासँग अन्तरक्रियाको आयोजना गरेको हो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post