sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » खानीडाँडामा उडान अवरुद्ध, सबैभन्दा बढी रेफर गरिएका बिरामीलाई सास्ती

खोटाङ, ६ साउन । लगातारको वर्षा र बाक्लो हुस्सुका कारण खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थलमा उडान अवरुद्ध भएको छ । गत असार–२९ गते नेपाल एयरलाइन्सको विमानले उडान भरेको विमानस्थलमा वर्षा र हुस्सुका कारण त्यस यता कुनैपनि उडान हुन सकेको छैन । 
तस्बीर सौजन्यः युट्युब

सदरमुकाम दिक्तेल नजिक रहेको विमानस्थलमा उडान अवरुद्ध भएपछि जिल्ला अस्पताल खोटाङबाट रेफर गरिएका बिरामीलाई सबैभन्दा बढी समस्या भएको छ । विमानस्थलमा उडान नभएपछि बिरामीलाई स्ट्रेचरमा बोकेर गाडी चढाउन कष्टका साथ हलेसीसम्म पु¥याउनुपर्ने बाध्यता रहेको बिरामीका आफन्तहरुले बताएका छन् । 
पछिल्लो समय मौषममा आएको खराबीका कारण विमानस्थलमा उडान नहुँदा आफूहरुलाई समेत समस्या भएको विमानस्थल प्रमुख यादवसेन राईले बताउनुभयो । “उडान हुन्छ भनेर टिकट काटेर विमानस्थल पुग्यो, फेरि अवरुद्ध हुन्छ ।” उहाँले भन्नुभयो, “मौषमले नै साथ नदिएपछि हामीले कसलाई दोष दिने !, पटक–पटकको अवरुद्धले हामी ज्यादै अप्ठ्योरमा परेका छौं ।”
गत वर्ष मात्रै कालोपत्रे गरिएको खानीडाँडा विमानस्थलमा नेपाल एयरलाइन्स, तारा र गोमा एयरलाइन्सले उडान भर्दै आएको थियो । हिलाम्मे र ढुलाम्मे अवस्थामा उडान हुँदै आएको खानीडाँडा विमानस्थल कालोपत्रे गरिएपछि नियमित उडान हुनेमा जिल्लावासी हर्षित बनेका थिए । 
नेपाल एयरलाइन्सको विमानले शुक्रबार, शनिबार, आईतबार र बुधबार काठमाठौं–खानीडाँडा–काठमाढौं र मङ्गलबार र शुक्रबार बिराटनगर–खानीडाँडा–बिराटनगरका लागि उडान भर्दै आएको थियो । हिँउदभर नेपाल एयरलाइन्सको विमानले मात्रै उडान भर्दै आएको खानीडाँडा विमानस्थलमा वर्षा लागेसँगै अन्य दुई एयरलाइन्सलेसमेत नियमित उडान गर्ने तयारी गरेको थियो । 
जिल्लामा खानीडाँडाका साथै लामीडाँडा र थामखर्क विमानस्थल छन् । यीमध्ये दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थ गत असारबाटै अवरुद्ध छ । उत्तरी क्षेत्रमा पर्ने लामीडाँडामा समेत निमित उडान हुन सकेको छैन ।
सबैभन्दा नजिक रहेको खानीडाँडा विमानस्थलसमेत अवरुद्ध भएपछि जिल्लावासी आक्रोषित बनेका छन् । जिल्लावासीले अहिले कुनै पनि यातायातका साधन प्रयोग गर्न नपाएपछि आक्रोषित बनेका हुन् । 
मध्यपहाडी लोकमार्गमा पर्ने सदरमुकाम जोड्ने दिक्तेल–हलेसी सडक गत जेठबाटै अवरुद्ध छ । जिल्लामा सञ्चालित अन्य सबै कच्ची सडक अहिले अवरुध छ ।
गत वर्षहरुमा सञ्चालन हुँदै आएको दिक्तेल–हलेसी सडक यस वर्ष ठेकेदार कम्पनीले कालोपत्रेका लागि फराकिलो पार्ने नाममा आलो माटो सडकमा थुपारेकाले अवरुद्ध अवस्थामा रहेको यातायात व्यवसायी सङ्घ खोटाङका सचिव रामकुमार हिङ्माङले जानकारी दिनुभयो । गत वर्षबाटै कालोपत्रेको काम थालिएको दिक्तेल–हलेसी सडक ठेकेदारको ढिलासुस्तीका कारण प्रयाप्त काम भएको छैन ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post