sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » मनोज हत्यकाण्डको २५ वर्ष पूरा, हप्ता दिनसम्म सम्झना

खोटाङ, साउन १५– खोटाङमा मनोज हत्याकाण्ड भएको २५ वर्ष भएको छ । २०४८ साल साउन–१५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुले सदरमुकाम दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका मनोज जोशीको प्रहरीको गोली लागेर ज्यान गएको थियो । 

दिक्तेल बहुमुखी क्याम्पसमा अध्यायनरत विद्यार्थी जोशीको हत्या भएको घटनालाई जिल्लामा ‘मनोज हत्याकाण्ड’ कारुपमा चिन्ने गरिन्छ । तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारसँग भएको सम्झौता अनुशारको सेवा सुबिधा नदिइएको बिरोधमा कर्मचारीहरुको अगुवाईमा निस्किएको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका जोशीलाई दिक्तेलको हेलीप्याडमा प्रहरीको गोली लागेको थियो । बिरोध जुलुस बजार परिक्रमापछि तत्कालिन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जानेक्रममा प्रहरीले अन्धाधुन्ध चलाएको गोली जोशीलाई लागेको घट्नाका प्रत्यक्षदर्शीहरु बताउँछन् । उसबेला आक्रोशित भीडले केही कार्यालय प्रमुखहरुलाई नियन्त्रणमा लिएर घाँस खुवाउने लगायतका दुव्र्यबहार गरेका थिए । सरकारबिरुद्धको आन्दोलनमा सहभागी भएको भन्दै आन्दोलनमा सहभागी जिल्लाका १३ जना कर्मचारीहरु जागीरबाट हटाइएका थिए । सोही दिनको कर्मचारी आन्दोलन र गोली काण्ड भएको दिनलाई जिल्लामा ‘मनोज–झपेन्द्र’ स्मृति दिवसकारुपमा मनाउने गरिएको छ । 
खोटाङमा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले बिभिन्न कार्यक्रम गर्दै हप्ता दिनसम्म स्मृति दिबस मनाएको छ । मनोजमार्ग सरसफाई, चेस, ब्याडमिन्टन, निबन्ध, हाजिरिजवाफ प्रतियोगीता, अस्पतालका बिरामीलाई फलफुल वितरण, मौन जुलुस प्रदर्शन लगायतका कार्यक्रम गर्दै मनाइएको स्मृति दिवस शनिबार समापन गरिएको छ । 
शिक्षासेबी राई पुरस्कृत 
खोटाङका शिक्षासेबी ईमानकसिं राईलाई शहिद मनोज प्रतिभा पुरस्कार प्रदान गरिएको छ । शिक्षा र समाजेसवाका माध्यमबाट सेवा पु¥याएको कदरस्वरुप दिक्तेल नगरपालि–७ बाम्राङका ९१ वर्षीय शिक्षासेबी एबं समाजसेवी राईलाई शनिबार पुरस्कृत गरिएको हो । २५ औं शहिद मनोज–झपेन्द्र स्मृति दिबसको अवशरमा सदरमुकाम दिक्तेलमा आयोजित कार्यक्रममा शिक्षासेबी राईलाई नगद ५ हजारका साथमा कदरपत्र सहित पुरस्कृत गरिएको आयोजक मनोज स्मृति प्रतिष्ठान खोटाङले जनाएको छ । बेलायती सेनाको अवकासपछि गाउँ फर्किएर पुःन शिक्षक सेवामा अवकाश पाएका शिक्षासेबी राईलाई कार्यक्रमका प्रमुख अतिथिकारुपमा मनोजका पिता नारायणप्रसाद जोशीले नगद र कदरपत्र प्रदान गरे । 

२३ वर्ष ब्रिटिस सैनिकमा बिताएर गाउँ फर्किएका ईमानसिंले शिक्षण सेवामा २३ वर्ष, संस्थागत विद्यालयको प्रिन्सिपलकारुपमा ६ वर्ष, गाबिस अध्यक्षकारुपमा ५ वर्ष सेवा गरिसकेका छन् । यस्तै, शहिद मनोज–झपेन्द्र स्मृति दिबसको अवशरमा आयोजित खुला ब्यडमिन्टन तथा चेस प्रतियोगीताको बिजेता खेलाडीलाई पुरस्कार प्रदान गरिएको छ । मनोज–झपेन्द्र स्मृति दिबसको अवशरमा आयोजित हरेका कार्यक्रमलाई सफल बनाउन क्रियासिलताकासाथ सहभागीता जनाएकामा प्रमुख जिल्ला अधिकारी कार्कीलाई समेत कदरपत्र सहित सम्मान गरिएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post