sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » भूकम्पले ढलेको बिद्यालय उठाउन प्रबासमा हातेमालो

चिसाङ शेर्पा 
खोटाङ, साउन १५ । खोटाङको नुनथला–८ का युवाले भूकम्पले ढलेको बिद्यालय उठाउन प्रबासमा अभियान चलाएका छन् । रोजगारीका सिलसिलामा खाडी मुलुकमा पुगेका युवाले भूकम्पले ढलेको नुनथला–८ गैरीस्थित नवज्योती प्राबिको भौतिक तथा शैक्षिक बिकासकालागि अभियान चलाएका हुन् । 

नुनथला–८ गैरीस्थित नवज्योती प्राबिको भवन ।
‘आफ्नो गाँउ आफै बनाऔँ, नवज्योती प्राविलाई सहयोग गरौँ’ भन्ने नारासहित नुनथलाका युवाले कतार, साउदी, दुबई, बहराईन र मलेसियामा अभियान चलाएका छन् । २०७२ साल बैसाख–१२ गतेको भूकम्पले ढलेको बिद्यालयको उन्नतीकालागि कतारमा रबिन शेर्पा, साउदीमा रोमन शेर्पा, दुबईमा जीवन शेर्पा र मलेसियामा कर्साङ शेर्पाको पहलमा अभियान  सञ्चालन भइरहेको छ । मुस्लिम समुदायको बकर ईद पर्बको दिन विद्यालयलाई रकम हस्तान्तरण गर्ने लक्ष्यका साथ स्वेच्छिक सहयोग संकलन अभियान चलाइएको हो । असारको तेसो हप्तादेखि सुरु गरिएको अभियानबाट हालसम्म ३० हजार भन्दा बढि रकम जम्मा भइरहेको कतारमा रहेका अभियान्ता रबिन शेर्पाले बताउनुभयो । 

बिभिन्न देशमा रहेपनि नुनथलाबासीबीचमा अनलाईनबाटै छलफल गरेर ‘आफ्नै बालबच्चा पढिरहेको विद्यालय बनाउन अरुको आश नगरौँँ’ भन्ने निष्कर्षकासाथ बिद्यालयकालागि श्रोत जुटाउन थालिएको हो । मलेसियामा संकलन भएको रकम आगामी भदौ–२७ गते बिद्यालयलाई प्रदान गरिने कर्साङ शेर्पाले बताए । २०६५ सालमा स्थापना भएको बिद्यालयमा हाल कक्षा ३ सम्मको पठनपाठन भइरहेको छ । विद्यालयमा हाल तीन जना शिक्षक कार्यरत छन् । प्रबासबाट प्राप्त हुने रकमले विद्यालयको भौतिक बिकास र अंग्रेजी बिषयको एक जना शिक्षक नियुक्ती गरिने व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम तामाङले बताउनुभयो । ‘बिदेशमा रहेका भाईहरु गाउँको उन्नतीकालागि जुटेको देख्दा गर्व लाग्छ,’ अध्यक्ष तामाङले भन्नुभयो, ‘उहाँहरुको अभियानले बिद्यालय सञ्चालनमा थप उर्जा मिलेको छ ।’ 

यसअघि नवज्योती प्राबिको भवन पुःनमर्मतकालागि नुनथलाकै युवाको पहलमा मलेसियाबाट ४६ हजार १२४ रुपैयाँ र कतारबाट ५४ हजार प्राप्त भएको थियो । ‘फेसबुक ग्रुप च्याटिङ’मार्फत मलेसिया र कतारबाट सो रकम जुटाइएको हो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post