sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » पत्रकार मगर नगदसहित सम्मानित

खोटाङ, साउन १० , खोटाङका पत्रकार केदार मगर सम्मानित भएका छन् । पत्रकारिताको माध्यमबाट जिल्लाको बिकास र परिवर्तनका क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप पत्रकार मगरलाई हलेसी खबर साप्ताहिक पत्रिकाको छैठौँ बार्षिकोत्सवको अवसरमा सम्मान गरिएको हो । 


पत्रकार मगरलाई सोमबार प्रमुख अतिथिकारुपमा बरिष्ठ पत्रकार कृष्ण आचार्यले दोसल्ला ओढाएर नगद २ हजारसहित सम्मान गरेका हुन् । निष्पक्ष, व्यवसायीक र निर्भिक पत्रकारिताको माध्यमबाट जिल्लाको बिकास र सामाजिक रुपान्तरणमा योगदान पु¥याएकाले पत्रकार मगरलाई सम्मान गरिएको हलेसी खबर साप्ताहिक पत्रिकाका सम्पादक÷प्रकाशक हरिबोल आचार्यले बताए । बिगत ७ वर्षदेखि पत्रकारितामा क्रियासिल मगर हाल नेपाल पत्रकार महासंघ शाखा खोटाङका सह–सचिव एबं आदिबासी जनजाती पत्रकार महासंघका जिल्ला अध्यक्ष हुन् । 

हलेसी साप्ताहिक ग्रामिण सञ्चार समुहले २०६८ सालदेखि प्रकाशन सुरु भएको हलेसी खबर साप्ताहिक पत्रिकाले दिक्तेलस्थित सुम्नीमा होटलको माथिल्लो तलामा रहेको कार्यालयमा पत्रकारिताको बिकासका विषयमा अन्तरक्रीया गर्दै छैठौँ बार्षिकोत्सव मनाएको हो । कार्यक्रमका बक्ताहरुले तटस्थ र निष्पक्ष पत्रकारिताका लागि शुभकामना दिएका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post