sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङकी चेली रबिना भईन् सशस्त्र प्रहरी सहायक निरिक्षक

खोटाङ, साउन ७ । खोटाङकी सितोरियो कराते खेलाडी रबिना राई सशस्त्र प्रहरी सहायक निरिक्षक भएकी छन् । वर्ष दिनसम्म सशस्त्रकै टिमबाट करारमा खेलेकी रबिना ११ महिने तालिम पूरा गरेर सशस्त्रकै सहायक निरिक्षककारुपमा पासआउट भएकी हुन् ।












सशस्त्र प्रहरीको असई भएकी रबिना राई (दायाँ), सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राई (बीचमा) र सशस्त्रकै खेलाडी सरिता श्रेष्ठ (बायाँ) । 

दिक्तेल नगरपालिका–६ की २१ वर्षीय सितोरियो करातेका खेलाडी राईले आधारभूत तालिम पूरा गरेर असार–२६ गते सशस्त्र प्रहरी सहायक निरिक्षकको दज्र्यानी चिन्ह पाएकी छन् । २०७० सालमा नेपालगञ्जमा आयोजना गरिएको प्रथम लुम्बिनी तथा ४४ औं राष्ट्रिय कराते प्रतियोगीतामा उत्कृष्ट प्रस्तुती देखाएपछि उनलाई सशस्त्र प्रहरीले करारमा खेल्ने अवशर दिएको थियो । करारमा सशस्त्रको टिमबाट प्रथम गणेशमान स्मृति कराते प्रतियोगीतामा खेलेकी उनले आफ्नो टिमलाई तेश्रो पदक जिताएकी थिईन् । सशस्त्र प्रहरीको असईबाट पासआउट भएपछि उनी निलबाराही गण काठ्माण्डौं खटाइएकी छन् ।

 सेवामा प्रबेश गरेपनि आगामी दिनमा सशस्त्रको टिमबाट सितोरियो खेलाडीकारुपमा आफ्नो परिचयलाई कायम राख्ने राईले बताईन् । ‘खेलकै कारण म यो स्थानमा आइपुगेको छु,’ पासआउटपछि दिक्तेलमा भेटिएकी रबिनाले भनिन्, ‘आगामी दिनमा पनि खेलाडीकैरुपमा रहने लक्ष छ ।’ सशस्त्र प्रहरीको टिमबाट खेल्नेक्रममा सशस्त्रकै असईकालागि भिडेकी उनी त्यसको रिजल्ट आउन अगावै नेपाल प्रहरीको जवानमा भर्ना भएकी थिइन् । नेपाल प्रहरीको जवान पदको तालिम गर्दागर्दै सशस्त्र प्रहरीको असईमा नाम निस्किएपछि उनी जवानको तालिम छाडेर पुःन सशस्त्रको असईतिर फर्किएकी हुन् । सशस्त्रको असईको रिजल्ट आउन समय लागेपछि उनी नेपाल प्रहरीको जवानमा भर्ना हुन पुगेकी थिईन् । उनले जवानको डेढ महिनाको तालिम पूरा गरिसकेकी थिइन् । 

सानैदेखि खेलक्षेत्रमा भविष्य खोज्ने सपनामा सितोरियोको प्रशिक्षण लिन थालेकी राईले सन् २०१३ मा ब्ल्याकबेल्ट र हालसालै ‘टु डन’को सर्टिफिकेट लिइसकेकी छन् । उनी आफ्नो शोख र सपनामा बाबुआमाले दिएको प्रोत्साहनको परिणाम सफलता मिलेको ठान्छिन् । ‘खेल क्षेत्रमा लागेर भविष्य बनाउँछु भन्ने सपना थियो, बाबुआमाले पनि सँधै हौसला प्रदान गरिरहनु भयो,’ राईले भनिन्, ‘मेरो सपना, सितोरियो अनि बाबुआमाकै कारण म यो स्थानमा आइपुगेको छु ।’ उनका अनुशार ईच्छा शक्ती, ‘म गर्न सक्छु’ भन्ने आत्मबिश्वास, अनुशासन, गुरुको सम्मान लगायतकै परिणाम खेलाडीलाई सफलता मिल्छ । उनी सितोरियो खेलाडी सञ्जयकुमार राईको प्रेरणाले सितोरियोमा निरन्तर जमेको बताउँछिन् । सञ्जयकुमार हाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष छन् । उनी बुवा डम्बरसिं राई र आमा गीतादेबी राईकी दुई भाई छोरा र चार बहिनी छोरीमध्ये माईली छोरी हुन् । छोरीको सफलताले राई परिवारमा खुसी ल्याएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post