sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » रेमिट्यान्स कम्पनीको लापरबाहीले १ लाख ५० हजार हिनामिना

खोटाङ, ३ साउन - हाम्रो खोटाङ कम्पनी (आइएमइ) मार्फत पठाएको पैसा बेपत्ता भएको छ । हाम्रो खोटाङ कम्पनी दिक्तेलबाट गत जेठ ११ (*) गते काठमाण्डौंको नमस्ते रेमिटमा पठाएको १ लाख ५० हजार बेपत्ता भएको हो । बड्कादियाले– १ का नरेश राईले काठमाण्डौं एकान्तकुना बस्ने आफन्त नकुल राईलाई पठाएको पैसा कम्पनीको लापरवाहीले बेपत्ता भएको छ । ५० हजारभन्दा बढी रकम पठाउन नागरिक्ता अनिवार्य चाहिने कम्पनीले भनेपछि राईले आपतकालिन पैसा पठाउनुपर्ने भएका कारण कम्पीनीकै स्टाफ अनिता जोशिको नागरिक्ताबाट पैसा पठाउन लगाएका थिए । 
राईका अनुसार, पैसा पठाएको भोलिपल्टसम्म पनि आफन्तले नपाएपछि कम्पनीमा खोजिनीति गर्दा नागरिक्ता नम्बर ३६–०१–७१–०१५१७ भएको सरोज तिमल्सेना फापरबारी–७ मकवानपुर ठेगाना गरेको व्यक्तिले (*)झिकेर लगिसकेको कम्पनी बताएको थियो । राईका अनुसार, “पैसा झिकेर तिमल्सेनाले लगेको थाहा भएपछि काठमाण्डौंस्थित नमस्ते रेमिटलाई सम्पर्क गर्दा तिमल्सेनाले आफ्नो नाममा पठाएको हुनुपर्नेमा नकुल राई भएको हो भन्दै तिमल्सेनाले भनेपछि यो पैसा कस्लाई दिने हो भनेर हाम्रो खोटाङ कम्पनीललाई सम्पर्क गर्दा कम्पनीले तिमल्सेनालाई दिन भन्दै नाम सच्याएर पठाएपछि तिमल्सेनालाई पैसा दिईएको बताएको छ ।” 
कम्पनीले पीडित राईलाई नसोधि तिमल्सेनालाई पैसा दिन आदेश गरेकोले सम्बन्धित व्यक्तिले नपाएर अन्य व्यक्तिले पाएको खुलासा भएको हो । पैसा पाउने व्यक्तिको फोन नम्बर ९८२३०६५००८ हुनुपर्नेमा कम्पनीेले ९८२३०६५००१ लगाएर पठाएको समेत खुलासा भएको छ । आइएमइ नम्बर ७१५७२३०३९७ डि रहेको पैसा नकुल राईले नपाई तिमल्सेनाले  झिकेर लगेको खुलासा भएपछि पीडित राईले कम्पनीलाई जिम्मेवारी लिन भनेका थिए । राईले गत जेठ १३ गते  जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा हिनामीना भएको रकम फिर्ता र कम्पनीलाई कारवाही गराईपाऊँ भन्दै निवेदन दिईएको राईले जनाए । कम्पनीले खोजि नीति गरिदिने भन्दै डेढ महिना बितिसक्दासम्म पनि चासो नदिनु प्रहरी र प्रशासन यस विषयमा मौन बसेकोले न्याय दिलाईदिन भन्दै राईले साउन २ गते स्थानीय शान्ति समितिको कार्यालय र उद्योग बाणिज्य संघको कार्यालयमा कारबाहीका लागि निबेदन दिएको जनाईएको छ । कम्पनीले राइको पैसा फिर्ता गराईदिने तर बाहीर सार्वजनिक नगर्न भनेको थियो । लामो समय बितिसक्दा पनि पैसा नपाएपछि शान्ति समिति र बाणिज्य संघमा निबेदन परेपछि घटना सर्वजनिक भएको छ । 
तर यत्तिका धेरै अनियमितता हुँदा पनि प्रहरी र स्थानीय प्रशासन मौन बस्नु लज्जास्मत भएको सरोकारवालाहरुको भनाइ छ ।  यता, हाम्रो खोटाङ कम्पनीका सञ्चालक धुव्र श्रेष्ठका अनुसार, आइएमइ नम्बर आउट नभएसम्म कसैले पैसा झिक्न नमिल्ने बताए । उनले भने, आइएमइ नम्बर आउट भएका कारण पैसा तिमल्सेनाले झिकेको हो । तिमल्सेनालाई पक्राउ गरेर जुनसुकै हालतमा पनि राईको पैसा फिर्ता गराईने उनको भनाई छ । ]
(*) चिह्न  र शिर्षकमा सामान्य त्रृटी भएकाले क्षमाप्रार्थीसहित सच्याइएको छ । - सम्पादक

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post