sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » वर्षाले दिक्तेल–हलेसी सडक अवरुद्ध

खोटाङ, साउन ११ । निरन्तरको वर्षाका कारण खोटाङको एक मात्र दिक्तेल–हलेसी सडक पनि अवरुद्ध भएको छ । वर्षाका कारण जयरामदेखि हलेसी, हलेसीदेखि मुढे र मढेदेखि दिक्तेल गरी तीन खण्डमा बिभाजित जयराम–दिक्तेल सडक खण्डमा हाल कुनैपनि यात्रुबाहक सवारी साधन चल्न सकेका छैनन् । 

साउन लागेयता निरन्तरण भइरहेको वर्षाका कारण दिक्तेल–हलेसी सडक ५ दिनदेखि अवरुद्ध भएको यातायात व्यवसायी संघ खोटाङका महासचिव राजकुमार राईले बताउनुभयो । वर्षा याम सुरु भएसँगै सुरुमा दिक्तेल–मुढे, त्यसपछि मुढे–हलेसी र अन्तमा हलेसीदेखि जयराम सडक अवरुद्ध भएको हो । 

ठाउँ–ठाउँमा पहिरो खसेका कारण हलेसीदेखि जयराम खण्ड पनि दुई दिनदेखि ठप्प बनेको छ । शहर जाने र आउने सडक अवरुद्ध हुँदा सर्वसाधारण मारमा परेका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post