sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » झन्डै महिनादिनपछि खानीडाँडामा पुनः उडान सुचारु

खोटाङ, २० साउन । हुस्सुका कारण अवरुद्ध खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थलमा पुनः उडान सुचारु भएको छ । गत असार–२९ गते नेपाल एयरलाइन्सको विमानले उडान भरेपछि अवरुद्ध खानीडाँडा विमानस्थलमा झन्डै महिनादिनपछि पुनः उडान सुचारु भएको हो । 

अवरुद्ध विमानस्थलमा उडान सुचारु भएपछि जिल्ला अस्पतालबाट रेफर गरिएका बिरामीलाई सबैभन्दा सहज भएको छ । उडान अवरुद्ध हुँदा अस्पतालले रेफर गरेका बिरामीलाई स्ट्रेचरमा बोकेर गाडी चढाउन कष्टका साथ हलेसीसम्म पु¥याउनुपर्ने बाध्यता रहेको रहेको थियो । 

विमानस्थल परिसरमा मौषम सफा भएपछि पुनः नियमित उडान सुचारु गरिएको विमानस्थल प्रमुख यादवसेन राईले बताउनुभयो । खानीडाँडा विमानस्थलमा नेपाल एयरलाइन्सको विमानले शुक्रबार, शनिबार, आईतबार र बुधबार काठमाठौं–खानीडाँडा–काठमाढौं र मङ्गलबार र शुक्रबार बिराटनगर–खानीडाँडा–बिराटनगरका लागि नियमित उडान भर्दै आएको छ ।

गत वर्ष मात्रै कालोपत्रे गरिएको खानीडाँडा विमानस्थलमा नेपाल एयरलाइन्स, तारा र गोमा एयरलाइन्सले नियमित उडान भर्दै आएको छ । हिलाम्मे र ढुलाम्मे अवस्थामा उडान हुँदै आएको खानीडाँडा विमानस्थल कालोपत्रे गरेपछि नियमित उडान हुनेमा जिल्लावासी हर्षित बनेका थिए । 
जिल्लामा खानीडाँडाका साथै लामीडाँडा र थामखर्क विमानस्थल छन् । यीमध्ये दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थ गत असारबाटै अवरुद्ध छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post