sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » अखिल खोटाङको सम्मेलन आयोजक कमिटी गठन

खोटाङ ३१ साउन । अनेरास्वबियु खोटाङको २२ औं जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरिएको छ ।

सोमबार बसेको छैठौं पूर्ण बैठकले अखिलका अध्यक्ष ओमप्रकाश घिमिरेको संयोजकत्वमा २३ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरेको हो । जिल्ला सम्मेलनकालागि जिल्लाका बिभिन्न माबि, उच्च माबि र क्याम्पसमा ईकाई कमिटि पुनःगठनका लागि टोली निर्माण गरिएको छ ।

सम्मेलन आगामी ६ महिनाभित्र सम्पन्न गर्नेगरी आयोजक कमिटी गठन गरिएको अखिलले जनाएको छ । बैठकले जिल्लाका निजी उच्च माबिले कूल बिद्यार्थी संख्याको दश प्रतिशत बिद्यार्थीलाई छात्रबृत्तिको व्यवस्था गर्नुपर्ने नियम पालना गरनगरेको अनुगमन गर्ने तयारी गरेको छ । बैठक अखिलका केन्द्रीय सदस्य मिलन राईको प्रमुख आतिथ्यमा बसेको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post