sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » बलात्कार आरोपी किशोर पक्राउ

खोटाङ, १५ भदौ । बालिका बलात्कार गरेको आरोपमा खोटाङमा एक सुस्त मनस्थिति भएका किशोर पक्राउ परेका छन् । स्थानीय आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुर्छिम–६ का १४ वर्षीय प्रमोद खत्री पक्राउ परेका हुन् ।
घरमा खेल्दै गरेकी बालिकालाई भदौ–२ गते बेलुका घरबाट अन्यत्र लगी बलात्कार गरेको उजुरी परेपछि उनलाई मङ्गलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । छोरी बलात्कृत भएको भन्दै बुबाले इलाका प्रहरी कार्यालय हलेसीमा सोमबार उजुरी दिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नविनकिशोर प्रधानले बताए ।
घरबाटै पक्राउ परेका किशोरलाई बुधबार जिल्ला प्रहरी कार्यालय खोटाङमा ल्याएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । बलात्कृत भनिएकी बालिकाको जिल्ला स्वास्थ्य कार्यालय खोटाङमा मङ्गलबार स्वास्थ्य परीक्षण गरिएको छ ।
पीडित र पीडक भनिएका परिवारबीच आन्तरिक विवाद भएपछि मिलापत्र नहुँदा किशोरलाई बलात्कारको आरोप लगाइएको स्थानीयले बताएका छन् । उनीहरुबीच स्थानीय एक विद्यालयमा शिक्षक छनोटको विषयमा विवाद भएको बुझिएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post