sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » गर्भवती महिलाहरु गर्भ जाँच गराउनबाट वञ्चित

खोटाङ, १० भदौ । जिल्लाका गर्भवती महिलाहरु आफ्नो गर्भ जाँच गराउनबाट वञ्चित भएका छन् । जिल्ला अस्पताल खोटाङमा सञ्चालित एक मात्र भिडियो एक्स–रे मेसिनसमेत बिग्रिएपछि गर्भवती महिलाहरु आफ्नो गर्भ जाँच गराउनबाट वञ्चित भएका हुन् ।
विद्युतको हाईभोल्ट्रेजका कारण अढाई महिनाअघि बिग्रिएको एक्स–रे मेसिन पुनः सञ्चालन गर्न नसक्दा महिलाहरु आफ्नो गर्भ जाँच गराउनबाट वञ्चित भएका अस्पतालका प्रमुख चिकित्सक रामबहादुर केसीले बताउनुभयो । “बिग्रिएको एक्स–रे मेसिन नेपालमा नबन्ने रहेछ ।” उहाँले भन्नुभयो, “विभाग तथा दाताहरुलाई नयाँ उपलब्ध गराइ दिन अनुरोध गरिरहेका छौं ।”
अस्पतालमा भिडियो एक्स–रे नभएपछि गर्भवती महिलाहरुलाई जोखिम मोलेर बच्चा जन्मने महिना कुर्नुपर्ने अवस्था रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । भिडियो एक्स–रेबाट गर्भवती महिलाको पेटमा रहेको शिशुको अवस्था जाँच गर्नुका साथै मृगौला लगायतका भित्री रोग जाँच गर्न सकिने चिकित्सक केसीले जानकारी दिनुभयो ।
२०४८ सालमा स्थापना भएको जिल्ला अस्पतालमा दक्ष जनशक्ति तथा भौतिक सुविधा नहुँदा जिल्लाका अधिकांश बिरामी उपचारका लागि बाहिर जानुपर्ने अवस्था छ । अस्पतालमा भिडियो एक्स–रे मेसिन नभएपछि अधिकांश गर्भवती महिलालाई सुरक्षित स्थानमा प्रसुती गराउन सल्लाह दिँदै अस्पतालले अन्यत्र रेफर गर्ने गरेको छो ।
गर्भवती महिलालाई अस्पतालले रेफर गरेपछि चर्को मुल्यमा हेलिकोप्टर चार्टर गरेर आफन्तले राजधानी काठमाडौं लगायत सुविधा सम्पन्न अस्पताल लैजाने गरेका छन् । जिल्लाको एक मात्र प्रसुती सेवासहितको अस्पतालमा भिडियो एक्स–रे मेसिन बिग्रिएको लामो समय बितिसक्दासमेत सम्बन्धित निकायले चासो नदिएको सेवाग्राहीको आरोप छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post