sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » जडीबुटीबाटै सम्वृद्ध बन्ने प्रयास

खोटाङ १३ भदौ । स्थानीय जंगलमा उत्पादन हुने जडीबुटीलाई अन्तर्राष्ट्रिय गुणस्तरमा उत्पादन गरेर बजारीकरण गर्नका लागि खोटाङका जडीबुटी तथा बनजन्य व्यवसायीलाई तालिम दिइएको छ । 

अन्तर्राष्ट्रिय गुणस्तर कायम हुन नसक्दा र बजार नपाउँदा खेर गइरहेका जडीबुटीलाई सदुपयोग गर्दै आर्थिक संबृद्धि प्राप्त गर्नकालागि जिल्लाका जडीबुटी व्यवसायीलाई आवश्यक तालिम दिइएको हो । बढिजसो लेकाली जंगलमा पाइने जडीबुटीको पहिचान, मूल्याको आधारमा प्राथमिकीकरण, संकलन, यसको खेती गर्ने बिधि, भण्डारण गर्दै गुणस्तरिय बनाएर बजारसम्म पु¥याउने सीप सिकाउनकालागि जडीबुटी व्यवसायीलाई उद्योग बाणिज्य संघ र नेपाल हब्र्स तथा हर्बल उत्पादक संघले तालिम दिएको हो ।

जडीबुटीको अन्तर्राष्ट्रिय गुणस्तर र बजार बिकासको सम्भावनाका बिषयमा दिक्तेलमा आयोजित तालिम उदघाटनमा सहभागी ।

जिल्लामा उत्पादित काउलो, रिट्ठा, तेजपात, अमला, पाखनबेद, टिमुर, सतुवा, कुट्की, चिराईतो, पदमचाल, चुथ्रो, मजिटो, सुनपाती, कुरिलो, बेल, ओखर, नागबेली, बोझो, हर्रो, बर्रो, गुच्छी च्याउ लगायतका जडीबुटी हालसम्म बजारीकरण अभावमा खेर गइरहेको छ । गैर–काष्ठ बन पैदावर एबं जडीबुटीलाई जिल्लाको आर्थिक बिकासको मेरुदण्डकारुपमा बिकास गर्नकालागि व्यवसायीलाई लक्षीत गरेर तालिमको आयोजना गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताए । आईतबार आयोजित तालिममा सहभागी दर्जन बढि जडीबुटी व्यवसायीलाई जडीबुटी टिप्दा, संकलन गर्दा, बफ्याउँदा, केलाउँदा, सुकाउँदा, ग्रेडिङ गर्दा, प्याकिङ र भण्डारण गर्दा, ढुवानी गर्दा ध्यान दिनुपर्ने विषयमा जानकारी गराइएको छ । 


नेपाल हब्र्स तथा हर्बल उत्पादक संघमा आवद्ध व्यवसायीलाई यूरोपियन बजारसम्म जडीबुटी लैजानेक्रममा प्रयोगशालामा परिक्षण गरिने जडीबुटीको तत्व र अन्तर्राष्ट्रिय गुणस्तरको बस्तु बनाउने तरिकाका बिषयमा जानकारी दिइएको हो । ‘जिल्लामा जडीबुटीबाटै आर्थिक संबृद्धि गर्न सकिने बलियो सम्भावना छ, तर अन्तर्राष्ट्रिय बजारकालागि आवश्यक गुणस्तर कायम गर्ने र त्याहाँसम्म पु¥याउने विषयमा व्यवसायीलाई जानकारी छैन,’ अध्यक्ष लयालुले भने, ‘जिल्लाका श्रोतसाधनलाई पहिचान गर्दै उच्च गुणस्तरको जडीबुटी तयार पारेर बजारसम्म पु¥याउने जानकारी राख्न जरुरी ठानिएकाले तालिम दिइएको हो ।’ जिल्लामा पाईने जडीबुटीको सदुपयोग गर्न र यसको व्यवसायीकरणकालागि दुई वर्षअघि नेपाल हब्र्स तथा हर्बल उत्पादक संघ गठन गरिएको थियो । जिल्लाको लेकाली क्षेत्रमा अन्य ठाउँमा नपाईने प्रजातीको जडीबुटी समेत पाईने उनीहरुको दाबी छ । जडीबुटीका जरा तथा भुत्ला, बोक्रा, पात तथा डाँठ, फूल, फल तथा बीउ, बिरुवा, गम तथा खोटो, भुवा, रेशालाई औषधिकारुपमा उपयोग गरिन्छ । 

श्रोतसाधनका हिसावले खोटाङमा जडीबुटी केन्द्र बनाउन सकिने सम्भावना रहेकोले यसलाई व्यवस्थापन गर्न सके ग्रामिण समुदायको आयआर्जनमा सहयोग पुग्ने नेपाल हब्र्स तथा हर्बल उत्पादक संघका केन्द्रीय अध्यक्ष गोबिन्द घिमिरेले बताए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post