sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » रावा गाउँपालिका बनाउन खाका तयार

खोटाङ २२ साउन । खोटाङको उत्तरी पाँच गाबिसका सर्बदलीय बैठकले रावा गाउँपालिका बनाउन साझा खाका तयार पारेका छन् । 

हौंचुर, कुभिण्डे, खार्पा, लामीडाँडा र डुम्रेधारापानी गाबिसका सबै दलका नेता तथा सर्वसाधारणको बैठकले पाँच गाबिसलाई समेटेर रावा गाउँपालिका बनाउने सहमती गरेको हो । 

शनिबार बसेको सर्वदलीय बैठकले रावा गाउँपालिकाको केन्द्र कुभिण्डेको हरम्टारमा बनाउने खाका प्रस्ताव गरेको कांग्रेस नेता प्रदीप कार्कीले जानकारी दिए । 

सर्बदलीय बैठकले रावा गाउँपालिका बनाउनकालागि फटिककुमार श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय पहल समिति गठन गरेको छ । समितिले रावा गाउँपालिकाको बिषयमा जिल्लास्थित सबै पार्टी र स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समिति समक्ष निर्णय बुझाउने जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post