sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » गाउँपालिका र केन्द्र बनाउन आ–आफ्नै कसरत

खोटाङ, २१ साउन । खोटाङमा स्थानीय तहको पुर्नसंरचनाको खाकाका विषयमा रस्साकस्सी सुरु भएको छ । आफ्नो गाउँलाई ‘कुन गाउँपालिका वा नगरपालिकामा पार्ने’ भन्ने विषयमा गाउँ–गाउँमा कसरत भइरहेका छन् । अहिले ‘कुन गाबिसलाई कुन गाउँपालिकामा पु¥याउने र कुन गाबिसलाई केन्द्र बनाउने’ भन्ने विषयले सबैलाई तताएको छ । खार्मीका स्थानीयले खार्मीलाई नै गाउँपालिकाको केन्द्र बनाईनुपर्नेमा छिमेकी गाबिसलाई ‘कन्भिन्स’ गरिरहेका छन् । 

साउन–१२ गते स्थानीय शान्ति समिति खार्मीको बैठकले खार्मीलाई केन्द्र बनाउनेगरी खार्मी, जालपा, पाथेका, पाथेका, फेदी, खार्ताम्छा, बाँसपानी, बाक्सिला र सप्तेश्वरलाई समेटेर गाउँ पालिकाको खाका तयार पारेको छ । सोही खाकाको आधारमा अहिले खार्मीका नेता, बुद्धिजिबी र अगुवा छिमेकी गाबिसको समर्थनको खोजीमा छन् ।
खार्मीसँगै जोडिएको छिमेकी गाबिस जालपाका स्थानीयले आफ्नै गाबिसलाई केन्द्र बनाउनेगरी गाउँपालिकाको खाका तयार पारेका छन् । जालपालीले जालपा, खार्मी, पाथेका, हौंचुर, कुभिण्डे, नुनथला, खार्पा र लामीडाँडा समाबेश गाउँपालिकाको प्रस्ताव गरेको छ । जालपालाई गाउँपालिकाको केन्द्र बनाउन छिमेकी गाबिसलाई ‘कन्भिन्स’ गर्न जालपा निबासी पुर्वसाँसद टंक राई समेत काठ्माण्डौंबाट गाउँ आएका छन् । जालपाली अहिले आफ्नो खाकाको फोटोकपी सहित छिमेकी गाबिसका स्थानीयको समर्थन जुटाउने कसरतमा छन् । यस्तै, नुनथला र हौंचुरबासीले भने संयुक्तरुपमा हौंचुर वा नुनथलालाई केन्द्र बनाउनेगरी पाथेका, खार्मी, जालपा, हौंचुर, कुभिण्डे, खार्पा, लामीडाँडा र नुनथलालाई समेटेर गाउँपालिका प्रस्ताव गरेको छ । कुभिण्डेबासीले कुभिण्डे नभए नुनथलालाई केन्द्र बनाउनेगरी डुम्रेधारापानी, दुबेकोल, जालपा, हौंचुर, कुभिण्डे, खार्पा, लामीडाँडा र नुनथला सहितको गाउँपालिकाको खाका तयार पारेको छ ।
हौंचुरबासी भने बुईपा, नुनथला, लामीडाँडा, खार्पा, कुभिण्डे, हौंचुर, जालपा र डुम्रेधारापानी सहितको गाउँपालिका बनाएर आफ्नै ठाउँलाई केन्द्र बनाउने ध्याउन्नमा छन् । नुनथलाबासी आफ्नै गाबिसलाई केन्द्र बनाउनका लागि जुनसुकै मूल्या चुकाउन तयार छन् । नुनथला, हौंचुर र कुभिण्डेबासीले बुधबार सदरमुकाम दिक्तेलमा आ–आफ्नै किसिमका खाका बनाएका छन् । बुईपाबासी आफैपनि आफ्नै गाबिसलाई केन्द्र बनाउने अभ्यासमा छन् । आ–आफ्नै गाबिसलाई केन्द्र बनाउने मनसाय भएपनि नुनथला, हौंचुर र कुभिण्डेबासी नुनथला केन्द्र बनाउनेमा सहमत हुनसक्ने बैठकमा सहभागी दिपक ठटालले बताए । ‘आ–आफ्नै ठाउँलाई केन्द्र बनाउनेमा सबैको ईच्छा हुनु स्वभाविक हो,’ ठटालले भने, ‘तर, सहमतीमा गाउँपालिका र केन्द्रको टुंगो लाग्छ ।’
७२ गाबिस र एक नागरपालिका रहेको जिल्लाका हरेक गाबिसमा गाउँपालिकाको सिमा र संख्याको बिषयमा बहस तथा छलफलले चर्चा पाएको छ । तर पनि जालपा, खार्मी, बाक्सिला, पाथेका, नुनथला, हौंचुर, पाथेका र कुभिण्डेबासीले गाउँपालिका र केन्द्रकालागि सदरमुकाममै आएर अरु गाबिसले भन्दा बढि कसरत गरिरहेका छन् । जलश्रोत, जंगल लगायतका प्राकृतिक श्रोतको पर्याप्तताका कारण उनीहरु बढि मात्रामा आफ्नो गाउँलाई केन्द्र बनाउनेमा लागीपरेको श्रोतले बताएको छ । सदरमुकाम दिक्तेल नगरपालिकासँग जोडिने–नजोडिने बहसले समेत नजिकका यी गाबिसहरु तातेका छन् ।
गाउँपालिका नगरपालिका निर्माणको सिमा र केन्द्रका विषयमा राय र सुझाव संकलन हिँडेको स्थानीय स्तर परामर्श संकलन समुहलाई समेत आ–आफनै किसिमका सुझाव दिने तयारीमा छन् । गाउँपालिका, नगरपालिका तथा बिशेष संरक्षित वा स्वयत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले एक नगरपालिका सहित ९ गाउँपालिका रहने प्रस्ताव गरेको छ । स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिका अनुशार जिल्लाका राजनैतिक दल, संघसंस्था र व्यक्तीले समेत आ–आफ्नै किसिमका खाका तयार पारेका छन् । प्रस्ताबित नाममध्ये हलेसी नगरपालिका भने सबैको खाकामा मिल्दोजुल्दो देखिएको छ । दक्षिणी क्षेत्रका खोटाङबजार, सिमपानी, चिसापानी लगायतका बजारलाई केन्द्र बनाउने खाका पनि धेरैको छ ।
कांग्रेसको बहिस्कारका कारण स्थानीय तह खाका निर्माणको काम भने प्रभाबित भएको छ । तीन समुहमा बनाइएको स्थानीय तह खाका निर्माण समुहले मंगलबारबाटै काम थाल्ने भनेपनि कांग्रेसले बहिस्कार गरेपछि काम अघि बढ्न सकेको छैन । बहिस्कारमा उत्रिएको कांग्रेसलाई समेत स्थानीय तहको पुर्नसंरचनाको खाका निर्माणमा संलग्न गराउने कसरतका कारण खाका निर्माणको काम पछि परेको हो । गाउँपालिकाको संख्या कम भएकाले संख्या बढाइनुपर्ने मागसहित कांग्रेसले पुःर्नसंरचनाको कार्यक्रम बहिस्कार गरेको जनाएको छ । कांग्रेस सहितका दलबीचमा साझा खाका र धारणा तयार पार्नकालागि शान्ति समितिले मंगलबार कसरत गरेको थियो । तर, पुःन बस्ने सहमतीमा टुंगिएको बैठक बस्न नसकेपछि पुःन जिल्ला प्रशासन कार्यालयको संयोजनमा बिहिबारदेखि सबै दल सम्मिलित बैठक चलिरहेको छ । 

सोही बिषयमा बिहिबार सुझाव संकलनकालागि स्थानीय स्तर परामर्श संकलन समुह बिभिन्न दश स्थानमा खटिइसकेका छन् । आगामी साउन–२४ गते उच्चस्तरिय समन्वय तथा सहजीकरण समुह सहित बसेर जिल्लाको स्थानीय तहको खाकालाई टुंगो लगाइने स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डेले बताए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post