sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » दिवा सेवा भजन गृह भवन बनाउन बृद्धबृद्धालाई आर्थिक समस्या

खोटाङ, भदौ १०– दिवा सेवा भजन गृह भवन निर्माणकालागि जुटेका खोटाङका बृद्धबृद्धालाई आर्थिक समस्या भएको छ । सदरमुकाम दिक्तेलको कर्म मन्दिरछेउमा निर्माण सुरु गरिएको दिवा सेवा भजन गृह पूरा गर्नकालागि बृद्धबृद्धालाई रकम अभाव भएको हो । 

जिबिसले ४ लाख ७१ हजार र दिक्तेल नगरपालिकाले १ लाख ३० हजार दिएपछि ज्येष्ठ नागरिक संघले दिवा सेवा भजन गृह भवन निर्माणको काम थालेको छ । जिबिस र नगरपालिकाले दिएको रकमले भवन निर्माण पूरा नहुने भएपछि आर्थिक संकलन सुरु गरिएको संघका उपाध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताउनुभयो । 

रकम अभाव भएपछि ज्येष्ठ नागरिकले सदरमकाम दिक्तेलमा आर्थिक सहयोग संकलन सुरु गरेको छ । सदरमुकामका बृद्धबृद्धा भेला भएर बिश्राम लिने, बस्ने र रम्ने घर निर्माणकालागि सहयोग माग्दै ज्येष्ठ नागरिक संघले भजन गाउँदै ¥याली निकालेर सहयोग उठान थालेको हो । संघमा आवद्ध बृद्धबृद्धाले भजन किर्तन गर्दै ५० हजारभन्दा बढि रकम संकलन गरेको संघले जनाएको छ । 

साझा आवास गृहको हाल जग मात्र उभ्याइएको छ । दिवा सेवा भजन गृह भवन निर्माणकालागि केही समयअघि प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले ५ हजार तथा सामुदायीक बिकास सेवा केन्द्रले ५ हजार प्रदान गरेको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post