sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » हेलिकोप्टर नआउँदा बिरामीको ज्यान गयो

खोटाङ, साउन २९ । बेलामा हेलिकोप्टर नआउँदा खोटाङमा एक बिरामीको ज्यान गएको छ । खराब मौसमका कारण हेलिकोप्टर नआउँदा उच्च ज्वरोका कारण बिरामी भएका बुईपा–२ का शिक्षक दिपक राईको ज्यान गएको हो । 

उपचारका लागि मगाइएको हेलिकोप्टर दिनभर आउन नसकेपछि शिक्षक राईको शुक्रबार साँझ ज्यान गएको हो । दिनभर हेलिकोप्टर नआएपछि जिल्ला अस्पताल दिक्तेल लैजानेक्रममा शिक्षक राईको बाटैमा ज्यान गएको व्यवस्थापन समितिका अध्यक्ष दिनेश राईले बताउनुभयो । शिक्षक राई चम्पावती उच्च माबि बुईपामा कार्यरत हुनुहुन्थ्यो । शिक्षक राईको निमोनियाका कारण ज्यान गएको अनुमान गरिएको छ । मृतक शिक्षकका श्रीमतीसहित दुई जना नावालिका छोरी छन् । 

केही वर्षअघि हेलिकोप्टर आएर पनि खराब मौसमका कारण *काठमाडौं उड्न नसक्दा दिक्तेलका व्यवसायी डिजेन्द्र जोशीले ज्यान गुमाएका थिए । जिल्लाका अधिकांश बिरामीलाई हेलिकोप्टरबाट अस्पताल पुर्याउनुपर्ने बाध्यता छ ।
* सच्याइएको

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post