sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » भतिजले हानेको आग्लोले लागेर काकाको मृत्यु

खोटाङ २७ साउन । आफ्नै भतिजले प्रहार गरेको आग्लोले लागेर खोटाङमा एक वृद्धको मृत्यु भएको छ । आफ्नै दाजुको छोरा १८ वर्षीय दिपक राईले प्रहार गरेको आग्लोले लागेर काहुले–७ का ६२ मानबहादुर राईको मृत्यु भएको हो ।
घरायसी विवादमा भनाभन हुँदा दिपकले काका मानबहादुरलाई आग्लोले टाउकोमा हानेको प्रत्येक्षदर्शीले बताएका छन् । बिहीबार दिउसो करिब एक बजेको समयमा घटना भएको र एक घण्टापछि मानबहादुरको मृत्यु भएको स्थानीयले बताएका छन् ।
मानबहादुरको मृत्यु भएपछि दिपकलाई नियन्त्रणमा लिएर कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । मृतक मानबहादुरको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लगिएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post