sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » जात्रा हेरेर फर्किएका युवकको लडेर मृत्यु

खोटाङ, १० भदौ । कृष्ण अष्टमीको अवसरमा दिक्तेलमा निकालिएको जात्रा हेरेर घर फर्किएका खोटाङका एक युवकको लडेर मृत्यु भएको छ । दिनभर बजारमा लाखे जात्रा हेरेर साथीहरुसँग घर फर्कँदै गरेका दिक्तेल नगरपालिका–१३ का १८ वर्षीय सन्तोष खत्रीको बिहीबार बेलुका लडेर मृत्यु भएको हो ।
बेलुका करिब साँढे पाँच बजेतिर बजारबाट हिँडेका उनी दिक्तेल नगरपालिका–१ स्थित हाटडाँडामा पुगेर बाटैमा लडेको प्रत्यक्षदर्शीले बताएका छन् । हिँड्दाहिँड्दै बाटैमा एक्कासी ढलेका उनको घटनास्थलमै मृत्यु भएको उनका साथीहरुले बताएका छन् ।
मृतक खत्रीको शव जिल्ला अस्पताल खोटाङमा लगेर परीक्षण गरेपछि शुक्रबार बिहान आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । उनी बाटैमा ढल्नु र घटनास्थलमै मृत्यु हुनुको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post