sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » विद्युत नआउँदा उपभोक्ता आक्रोशित, प्राधिकरणमा डेलिगेसन

खोटाङ, साउन १९ । अवरुद्ध भएको पाँच दिनसम्म विद्युत सुचारु नगराइएको भन्दै खोटाङका उपभोक्ता आक्रोशित बनेका छन् । गत शनिबारदेखि विद्युत नआएपछि आक्रोशित बनेका फोटो तथा फोटोकपी व्यवसायी, स्थानीय उपभोक्ताको डेलीगेसन टोलीले बुधबार नेपाल विद्युत प्राधिकरण शाखा दिक्तेलको कार्यालयमा पुगेर आक्रोश पोखेका छन् ।
अवरुद्ध विद्युत सुचारु गराउन माग गर्दै विद्युत प्राधिकरणको दिक्तेल कार्यालयमा पुगेका उपभोक्ता । 

 पाँच दिनसम्म विद्युत सुचारु नगराइएको र जानकारीकालागि फोन गर्दा फोन नउठाउने र उठाउँदा पनि ‘राम्रो रेस्पोन्स’ नगरिएको भन्दै डेलीगेसन टोलीले प्राधिकरणका निमित्त कार्यालय प्रमुख सुदीप ज्ञावाली समक्ष आक्रोश पोखेका छन् । डेलीगेसन गएका टोलीले तत्काल विद्युत सुचारु गराउन प्राधिकरणको ध्यानाकर्षण गराएका छन् ।
बुधबार बेलुकासम्ममा विद्युत सुचारु हुने जवाफ पाएपछि आक्रोशित उपभोक्ता फर्किएको डेलीगेसन टोलीको नेतृत्व गरेका युवा गोपालचन्द्र आचार्यले जानकारी दिए । ‘विद्युत नआउँदा उपभोक्ता मारमा परेका छन्, लाखौं घाटा भइरहेको छ,’ आचार्यले भने, ‘बेलुकासम्ममा बिद्यूत सुचारु गराउने जवाफ आएपछि डेलीगेसनमा गएका टोली फर्किएको छ ।’ आक्रोशित उपभोक्ताले तोडफोड गर्ने आशंकामा विद्युत प्राधिकरणको कार्यालयमा सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ ।
गत शनिबारदेखि गाईघाट–दिक्तेल ३३ केभी बिद्यत प्रशारण लाईन अवरुद्ध हुँदा जिल्ला अन्धकार भएको छ । नेपाल विद्युत प्राधिकरण शाखाका निमित्त प्रमुख ज्ञावालीका अनुशार रसुवादेखि उदयपुरको साउनेबीचमा फल्ट भएकाले विद्युत अवरुद्ध भएको हो । हालसम्म फल्ट भएको स्थान पत्ता लाग्न नसकेको प्राधिकरणले जनाएको छ । ‘रसुवा, साउने र गाईघाटबाटै प्राधिकहरु खटिएका छन्, जंगलमा काम भइरहेकाले फोन सम्पर्क हुनसकेको छैन,’ ज्ञवालीले भने, ‘बेलुकासम्ममा विद्युत आउन सक्छ, प्रयासरत छौँ ।’ विद्युत अवरुद्ध हुँदा भाडामा कोठा लिएर विद्युतीय व्यवसाय सञ्चालन गर्दैआएका व्यवसायी सबैभन्दा बढि मारमा परेको व्यवसायी मिलन राईले बताए ।
विद्युत अवरुद्ध हुँदा हरेक सरकारी, गैर–सरकारी कार्यालय, संघसंस्था, बित्तीय कार्यालय, व्यवसाय तथा निजी कामकाज प्रभाबित भएको छ । विद्युत अवरुद्ध हुँदा खोटाङका ३९ गाबिसका ८ हजार ८५३ उपभोक्ता बाहेक छिमेकी जिल्ला ओखलढुंगाको जनजीवन समेत प्रभाबित भएको छ । विद्युतीय तथा छापा सञ्चार माध्यमको प्रकाशन र प्रशारण समेत ठप्प भएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post