sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » फेरिए खोटाङका डिएसपी

काठमाडौं ३ भदौ । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख फेरिएका छन् । खोटाङ प्रहरी प्रमुख रहेका डिएसपी विद्यानन्द माझीको सुदुर पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलमा सरुवा भएको छ ।

अब माझीको सरुवासँगै खोटाङ प्रहरी प्रमुखका रुपमा डिएसपी नबिन किशोर प्रधान आउने भएका छन् ।
प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले शुक्रबार १ सय २५ डिएसपीको सरुवा गरेको छ । सोही क्रममा खोटाङ प्रहरी प्रमुख पनि फेरिएका हुन् ।

यसअघिका डिएसपी माझीले खोटाङमा राम्रो काम गरेकाले नै पोलिस मन्थ अफ दी समेत भएका थिए । तर पछिल्लो समय उनी विवादमा समेत फसेका थिए । बोक्सी सम्बन्धी मुद्धालाई कमजोर बनाएर दोषीलाई उन्मुक्ति दिन खोजेपछि उनी विवादमा फसेका थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post