sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » स्थानीय तहको संख्या निर्धारण सहमति नजिक

खोटाङ, साउन २९– लामो छलफलपछि खोटाङको स्थानीय तहको पुर्नसंरचनाको खाकाको संख्या निर्धारण सहमतिको नजिक पुगेको छ ।
विशेषगरी खाकाको संख्यामा आ–आफ्नो अडान लिएर बसिरहेका कांग्रेस–एमाले संख्यामा लचिलो भएपछि गाउँपालिका र नगरपालिकाको संख्या सहमति नजिक पुगेको हो । शुक्रबार जिल्ला विकास समितिको सहभाहलमा भएको सर्बदलीय बैठकले १० वटा गाउँपालिका र नगरपालिका बनाउने विषयमा छलफल गर्ने सहमति भएको छ ।
गत साउन–१८ गते यता पटक–पटक बसेको बैठक निषकर्ष बिहिन बन्दैआएपछि शुक्रबारको बैठकले गाउँपालिका र नगरपालिकाको संख्या टुंगो लागेको नेकपा माओबादी केन्द्रका जिल्ला अध्यक्ष पृथ्बी किरातीले बताए । ‘स्थानीय तहको संख्यामा लगभग टुंगो लागेको छ,’ किरातीले भने, ‘आईतबार यस बिषयमा थप छलफल हुने छ ।’
सिमाना र केन्द्रका बिषयमा बहस र छलफल नपुग्दै कांग्रेस–एमालेका कारण गाउँपालिका र नगरपालिकाको संख्यामै लामो समयसम्म बखेडा निस्किएको हो । सहमति नजुट्दा साउन–१८ गतेदेखि २३ गतेभित्रमा स्थानीय तहको खाका कोर्ने तयारी गरिएको स्थानीय तह खाका निर्माण समुहको काम प्रभाबित भएको छ । यसअघि स्थानीय तहको संख्या १३ बनाउने बिषयमा पनि दलले छलफल गरेका थिए । नयाँ सरकारले गाउँपालिका र नगरपालिकाको संख्यामा फेरबदल गर्न सक्ने भन्दै प्रस्ताबित खाकामा टुंगोमा पुग्न हतार गर्नुपर्ने आवश्यकता नभएको कतिपय नेताहरुको बुझाई छ ।
नेकपा एमालेका अध्यक्ष बबी चामलीङले भने गाउँपालिका र नगरपालिकाको संख्या टुंगो नलागेको बताए । ‘दश वटा बनाउने सहमति भएको छैन, त्यसमा छलफल गर्न सहमति गरेका हौँ,’ अध्यक्ष चामलीङले भने, ‘अन्य छलफलबाट टुंगो पुगिने छ ।’
स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिका अनुशार कांग्रेसले १२, एमालेले ९, नेकपा माओबादी केन्द्रले १०, राप्रपा नेपालले १७, राप्रपाले ९, नेकपा मालेले १२ र नयाँ शक्तीले ९ वटा स्थानीय तह रहने खाका प्रस्ताव गरेपछि साझा खाका बनाउने बिषय टुंगो लाग्न सकेको छैन । गाउँपालिका, नगरपालिका तथा बिशेष संरक्षित क्षेत्र निर्माण, सिमाना र सिमाना निर्धारणका आधार र मापदण्डका बिषयमा सबैको साझा बुझाई र धारणा सिर्जनाकालागि गत साउन–१७ गते सोमबार आयोजना गरिएको जिल्ला स्तरिय गोष्ठीमा आफ्नो धारणा राखेर कांग्रेसले बहिस्कार गरेपछि शान्ति समितिको संयोजनमा दोश्रो दिन बसेको बैठक समेत निष्कर्ष बिहिन बनेको थियो । पुःन बस्ने सहमतिमा टुंगिएको सो बैठक पुःन बस्न नसकेपछि प्रशासनको संयोजनमा साउन–२० गते बिहिबार बैठक बसाइएको थियो । सोही दिन बाहेक बस्न नसकेको सो बैठकले पुःन बुधबारदेखि निरन्तरता पाएको हो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post