sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » हामी सात भाईद्धारा चन्द्रसुर्य झण्डा फरर

खोटाङ, साउन २५ ।  ‘हामी सात भाई कोष’ले खोटाङ सदरमुकाम दिक्तेलमा नेपालको नक्सा रंगरोगन गरेर झण्डा फहराएको छ । स्वार्थमा भन्दा राष्ट्रियतालाई माथि राखेर स्थानीय तहको पुर्नसंरचना गर्न आव्हान स्वरुप ‘हामी सात भाई कोष’ले मंगलबार नेपालको नक्सा रंगरोगन गर्दै सुर्यचन्द्र अंकित झण्डा फहराएको हो ।
मुलुकभर स्थानीय तहको पुर्नसंरचनाको खाका बनाउने प्रकृया चलिरहेको अवस्थामा देश र राष्ट्रियतालाई भुल्न नहुनेमा नेताहरुलाई प्रतिकात्मक सम्झना गराइएको कोषका सचिव बिक्रम श्रेष्ठले बताए । ‘अहिले आ–आफ्नै किसिमले मनोमानीरुपमा स्थानीय तहको पुर्नसंरचनाको खाका बनाउने काम भइरहेको छ,’ श्रेष्ठले भने, ‘यो बेलामा हामीले राष्ट्रिय एकतालाई भुल्नु हुँदैन, राष्ट्रियताको सवालमा हामी सचेत हुनुपर्छ भन्न खोजेका हौँ ।’
दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययनरत सात बिद्यार्थीले २०७० सालमा स्थापना गरेको कोषले निश्वार्थरुपले देशलाई शान्त, सुन्दर र संबृद्ध बनाउन आव्हान गर्दै शन्देश स्वरुप क्याम्पस परिषरकै पक्की नक्सालाई साजसज्जा गर्दै सुर्यचन्द्र अंकित झण्डा फहराएको हो । मुलुकको पुर्नसंरचनामा निर्णायक भूमीका खेल्नकालागि युवापंक्तीलाई उत्साहित गर्नकालागि समेत नेपालको नक्सा र झण्डालाई स्मरण गराइएको हो । जिल्लामा बिभिन्न समयमा सिर्जनात्मक काम गर्दैआएको ‘हामी सात भाई कोष’ले नेपालको नक्सा मर्मतसम्भार गर्दै त्यसमाथि सुर्यचन्द्र अंकित गर्नुकासाथै सजावटकालागि फूलका गमलाहरु राखेका छन् ।




यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post