sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » अवरुद्ध दिक्तेल–हलेसी सडक तीन महिनापछि सुचारु

खोटाङ, २३ साउन । वर्षात सुरु भएसँगै अवरुद्ध बनेको दिक्तेल–हलेसी सडक तीन महिनापछि पुनः सुचारु भएको छ । गत जेठ दोश्रो साताबाट पूर्णरुपमा अवरुद्ध उक्त सडक मर्मतपछि पुनः सुचारु भएको हो । 

वर्षातको पानीले हिलाम्मे तथा खाल्डाखुल्डी भएको सडक मर्मतपछि सञ्चालनमा आएको यातायात व्यवसायी सङ्घ खोटाङका सचिव रामकुमार हिङ्माङले जानकारी दिनुभयो । राजधानी काठमाडौं तथा तराईका जिल्ला जोड्ने प्रमुख मार्ग दिक्तेल–हलेसी सडक सुचारु भएपछि यात्रु तथा जिल्लाका व्यवसायीलाई सहज भएको छ ।

ठाउँठाउँमा पहिरो खस्नुका साथै भलबाढीले बनाएको खाल्डो पुरेर सञ्चालनमा ल्याइएको यातायात व्यवसायीले जनाएका छन् । मध्य पहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी सडक कालोपत्रेको जिम्मा लिएका ठेकेदार कम्पनीले मर्मत गरेको हो ।

सडक सञ्चालनमा आएसँगै जिल्लाबाट जयरामघाटसम्म सिधा यातायात सेवा सुचारु भएको यातायात व्यवसायी सङ्घले जनाएको छ । यसअघि सडक अवरुद्ध हुँदा शहर जाने र आउने सर्वसाधारण तथा सामान ढुवानी गर्ने व्यापारीलाई समस्या भएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post