sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » अग्नी पिडित विद्यार्थीलाई सहयोग

खोटाङ, साउन २१ । खोटाङ सदरमुकाम दिक्तेलमा गत असार–२९ गते भएको भिषण आगलागीबाट पिडित १६ विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री प्रदान गरिएको छ ।दिक्तेल नगरपालिका–२ का लक्ष्मी पाण्डे, ढकप्रसाद पाण्डे लगायतको घरमा आगलागी हुँदा पोशाक र शैक्षिक सामग्री गुमाएका छात्र/छात्रालाई माउण्ट एभेरेष्ट बोर्डिङ स्कुल दिक्तेलले सोमबार टि–सर्ट, पाईन्ट, ट्र्याकसुर्ट र पुस्तक प्रदान गरेको हो । डेरा लिएर बसेको अवस्थामा भएको आगलागीबाट शैक्षिक सामग्री र पोशाक गुमाएर समस्यामा परेका आफ्नो बिद्यार्थीलाई बिद्यालयको विपद व्यवस्थापन तथा छात्रबृत्ति कोषबाट ६० हजार बराबरको सहयोग सामग्री प्रदान गरिएको स्कुलका प्रिन्सिपल सागर जोशीले बताए ।
आगलागीमा गुमेको पुस्तक र पोशाकको तथ्यांक संकलन गरेर आगलागी पिडित छात्र÷छात्रालाई पुर्ती गरिदिएको स्कुलले जनाएको छ । अग्नी पिडित विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश श्रेष्ठले सहयोग हस्तान्तरण गरे ।
यस्तै, खुट्टा भाँचिएर उपचार गराइरहेकी छात्रा सोनिया भट्टराईलाई पनि स्कुलले एक हजार पाँच सय सहयोग गरेको छ ।
बाढीपहिरो, आगलागी, रोग लगायतका कारण बिपदमा परेका विद्यार्थीलाई सहयोगकालागि स्कुलले गत बैसाखदेखि विपद व्यवस्थापन तथा छात्रबृत्ति कोष स्थापना गरेको थियो ।

अग्नी पिडिन विद्यार्थीलाई सहयोग सामग्री प्रदान गर्दै बिव्यास अध्यक्ष श्रेष्ठ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post