sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » विद्यालयलाई प्रवासबाट एक लाख सहयोग

खोटाङ ४ भदौ । भूकम्पले क्षतीग्रस्त बनेको खोटाङको नुनथला–८ गैरीगाउँस्थित नवज्योती प्राविलाई प्रबासबाट एक लाख रुपैयाँ प्राप्त भएको छ । भूकम्पले क्षतीग्रस्त बनेको बिद्यालयको भौतिक तथा शैक्षिक बिकासकालागि मलेसिया र कतारमा सञ्चालन गरिएको ‘बिद्यालय सघाउ’ अभियानमार्फत संकलन भएको एक लाख रकम प्राप्त भएको हो । 
रोजगारीका सिलसिलामा प्रबासमा रहेका नुनथलाका युवाले सञ्चालन गरेको ‘फेसबुक ग्रुप च्याटिङ’ अभियानमार्फत संकलन भएको रकम अभियान्ता पत्रकार चिसाङ शेर्पाले बिद्यालयलाई हस्तान्तरण गर्नुभएको छ । मलेसियामा अभियान चलाएर घर फर्किएका चिसाङले बिद्यालयलाई रकम हस्तान्तरण गर्नु भएको हो । २०७२ साल बैसाख–१२ गतेको भूकम्पका कारण क्षतीग्रस्त बनेको विद्यालयकालागि श्रोत जुटाउन गत फागुनमा फेसबुकबाट अभियान चलाइएको थियो ।
 बिभिन्न देशमा रहेपनि नुनथलाका दर्जन युवाले अंग्रेजी नयाँ वर्षको अवशर पारेर ग्रुप च्याटिङमार्फत तीन महिना लगाएर रकम जम्मा गरेको हो । मलेसियाबाट कृष्णप्रसाद भण्डारी, फुर्वा शेपा, चिसाङ शेर्पा, मालक्ष्मी थुलुङ, संयोग शेर्पा, सुर्यकुमार राई, कर्साङ शेर्पा, बुद्धिमान तामाङ र ईन्द्रबहादुर तामाङबाट ४६ हजार तथा कतारमा रहेका रबिन शेर्पा, बलराम तामाङ, रमेश पहाडी, दोर्ची शेर्पा, ओमकर्ण राई, राजन गुरुङ, ध्रुब चाम्लिङ, डिल्लीशेर खड्का र जित बहादुरबाट ५४ हजार प्राप्त भएको बिद्यालयले जनाएको छ । प्रबासबाट प्राप्त प्राप्त रकमलाई क्षतीग्रस्त बिद्यालयको भवन मर्मत, शैक्षिक तथा खेलकुद सामग्री खरिद, शिक्षककालागि तलब ब्याबस्थापन, शैक्षिक तथा चेतनामूलक कार्यक्रममा सदुपयोग गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम तामाङले बताउनुभयो । 
भूकम्पले ढलेको बिद्यालय उठाउन नुनथला–८ का युवाले कतार, साउदी, दुबई, बहराईन र मलेसियामा ‘आफ्नो गाँउ आफै बनाऔँ, नवज्योती प्राविलाई सहयोग गरौँ’ भन्ने नारासहित अभियान चलाइरहेका छन् । मुस्लिम समुदायको बकर ईद पर्बको दिन विद्यालयलाई रकम हस्तान्तरण गर्ने लक्ष्यका साथ स्वेच्छिक सहयोग संकलन अभियान चलाइएको हो । गत असारको तेसो हप्तादेखि सुरु गरिएको अभियानबाट हालसम्म ३० हजार भन्दा बढि रकम जम्मा भइरहेको कतारमा रहेका अभियान्ता रबिन शेर्पाले बताउनुभयो । बिभिन्न देशमा रहेपनि नुनथलाबासीबीचमा अनलाईनबाटै छलफल गरेर ‘आफ्नै बालबच्चा पढिरहेको विद्यालय बनाउन अरुको आश नगरौँँ’ भन्ने निष्कर्षकासाथ बिद्यालयकालागि श्रोत जुटाउन थालिएको हो । २०६५ सालमा स्थापना भएको बिद्यालयमा हाल कक्षा ३ सम्मको पठनपाठन भइरहेको छ । ‘बिदेशमा रहेका भाईहरु गाउँको उन्नतीकालागि जुटेको देख्दा गर्व लाग्छ,’ अध्यक्ष तामाङले भन्नुभयो, ‘उहाँहरुको अभियानले बिद्यालय सञ्चालनमा थप उर्जा मिलेको छ ।’
यसअघि नवज्योती प्राबिको भवन पुःनमर्मतकालागि नुनथलाकै युवाको पहलमा मलेसियाबाट ४६ हजार १२४ रुपैयाँ र कतारबाट ५४ हजार प्राप्त भएको थियो । ‘फेसबुक ग्रुप च्याटिङ’मार्फत मलेसिया र कतारबाट सो रकम जुटाइएको हो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post