sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » पहिरोको त्रासले ढुक्कले निदाउन सक्दैनन् कैंदी

खोटाङ, २७ साउन । पहिरोको त्रासले जिल्ला कारागार शाखा खोटाङका कैंदीबन्दी रातका समयमा ढुक्कले निदाउन नपाएको पाइएको छ ।

गत साउन–१६ गते आईतबार गएको पहिरोले कारागारको मुख्या भवनको जगसम्मको भाग बगाएपछि कारागारभित्रका कैंदीबन्दीहरु रातमा ढुक्कले निदाउन नसकेका हुन् । पहिरोले जग लगेपछि दिनानुदिन कारागारको भवन चर्किन थालेका कारण कैंदीबन्दी त्रासमा बस्न बाध्य भएको पाइएको राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङले जनाएको छ । 

अनुगमनका क्रममा पहिरोको कारण कारागारमा ‘जुनसुकैबेला दुर्घट्ना निम्तिन सक्ने’ त्रासमा कैंदीबन्दी बसिरहेको पाइएको आयोगको उपक्षेत्रीय कार्यालय खोटाङका प्रमुख दिपक घिमिरेले बताए । ‘भूकम्पले खलबलिएको कारागारको भवन पहिरोका कारण दैनिक चर्केको चर्केकै रहेछ,’ आयोगको पत्रकारसँगको भेटघाट तथा परिचयत्मक कार्यक्रममा घिमिरेले भने, ‘चर्किएको भवनको भित्ता दैनिकजसो फाट्दैगएकाले महिला कैंदीबन्दीले रातमा निद्रा नलाग्ने गुनासो गरेको सुनियो ।’ पहिरोले उत्तर–पुर्वतर्फ करिब ५० मिटर फराकिलो आकारमा कारागारको जगलाई खोतलेर जोखिममा पारेको छ । नजिकैको खहरे खोलासम्म झरेको करिब सय मिटर उचाई भएको पहिरोले कारागारको मूल भवन र दुई वटा सुरक्षा पोष्टको चर बगाएको छ । यस्तै, महिला कैंदी राखिएको भवनको पर्खाल चिरा–चिरा परेको, कारागारको कम्पाउण्डको केही भाग र पहिरोको दायाँबायाँ ९÷१० मिटर खण्ड लच्किएको छ ।

पहिरो गएपछि आयोगको टोलीले साउन–१९ गते र २४ गते कारागारको भवनको अवस्थाका बिषयमा अनुगमन गरेको थियो । बेला–बेलामा हुने वर्षाका कारण अहिले पनि पहिरो जानेक्रम रोकिएको छैन । केही दिनअघिसम्म नभत्किएका ठाउँपनि साउन–२३ गते कारागार पुग्दा भत्किएको पाइएको घिमिरेले बताए । कारागारको मूख्य भवनको पेटी र जगसम्म पहिरो गएपछि चर्किएको कारागारका ९४ जना पुरुष, १४ महिला र ५ आश्रित बालबालिकाको जीवन जोखिममा परेको भन्दै आयोगले सोमबार उनीहरुलाई तत्काल सुरक्षित स्थानमा सार्नकालागि सरकारलाई पत्राचार गरिसकेको छ ।

ढुसी आएर अमिलिएको चामलले कैंदीमा स्वास्थ्य समस्या
दिक्तेल कारागार अनुगमनकाक्रममा सडेको चामलको खाना र दूषित पानीले कैंदीबन्दीको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेको पाइएको आयोगले जनाएको छ । ढुसी आएको सडिसकेको र चाख्दा ‘अमिलो’ स्वाद आउने अवस्थामा पुगेको चामलको खानाका कारण कैंदीबन्दीमा पेट दुख्ने, पखाला लाग्ने लगायतका स्वास्थ्य समस्या भएको पाइएको छ ।
 आयोगले ढुसीले बिग्रिएको चामलको नमूना केन्द्रमा पठाउने तयारी गरेको छ । सुरक्षित बाँच्न पाउने प्रत्येक व्यक्तीको जीबन र स्वास्थ्यको अधिकारबाट कारागारका कैंदीबन्दी बञ्चित बनेको भन्दै आयोगले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराइसकेको जनाएको छ । 
महिला कैंदीबन्दीको शौचालय र भान्छा कोठासँगै भएका कारण स्वास्थ्यमा समस्या परेको, आश्रित बालबच्चा बिरामी परेको, कैंदीबन्दीले समयमा औषधि नपाउने गरेको पाईएको राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालयका प्रमुख घिमिरेले बताए । पहिरोले ट्वाईलेटको सेफ्टी ट्यांक फुटेपछि अहिले कारागार क्षेत्रमा दुर्गन्ध फैलिएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post