sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » यस्ता छन् अर्बौका खोटाङका विकासे कार्यक्रम

टेनिस रोका
काठमाडौं २२ साउन
धेरैले खोटाङ भनेपछि पूर्वको पशुपति भनेर परिचित हलेसी महादेवस्थान अवस्थित जिल्ला भनेर चिन्छन् । खोटाङेले नै आफ्नो जिल्ला सम्झनुपर्दा जन्मभूमि भनेर त चिन्छन् नै साथै कतिपयले विकासको हिसाबले नेपालकै पछाडी परेको क्षेत्र पश्चिमी भाग कर्णालीसँग पनि दाँज्न पछि पर्दैनन् ।

सत्य पनि त्यहीँ हो । केही वर्ष अघिसम्म पनि खोटाङमा नुनका लागि तीन चार तीन पिठ्यूमा ढाकर बोकेर गाईघाट, धनकुटा तथा धरान धाउने खोटाङेहरु नै हुन् । खोटाङले धेरै मन्त्री, उच्चस्थ कर्मचारी, बुद्धिजिवि तथा राजनीतिज्ञहरु जन्माएपनि उनीहरुले जिल्लालाई माथि उठाउन सामान्य पहल समेत नगर्दा खोटाङ जहिल्यै पछाडी नै परिरह्यो । विकासको हिसाबले खोटाङ धेरै पछाडी परेको जिल्लामा गनिन्छे । शिक्षाका हिसाबले अघिल्लो वर्षको एसएलसी परीक्षामा सबैभन्दा अन्तिम ७५ औं जिल्लामा पर्यो । सामान्य स्वास्थ्य उपचार समेत जिल्लामा हुने अवस्था छैन । यातायातका हिसाबले दुधकोशीमा बेलीब्रिज राखेर हिउँदमा सवारी चलाइन्छ भने वर्षामा बन्द हुँदै आएको छ । जिल्लामा सडक सञ्जाल फैलिदैं गएको छ तर वर्षामा हिलोले सवारी गुड्न नसक्ने अवस्था छ । किन त यस्तो ? धेरैको उत्तर एउटै आउँछ, जिल्लाका राजनीतिज्ञ, बुद्धिजिवि तथा सांसदहरुले विकासका लागि पहल नगर्दाको परिणाम हो यो ।

तर, पछिल्लो पटक भने खोटाङले विकासमा केही सुधार ल्याएको भान हुन थालेको छ । निर्वाचन क्षेत्र दुईबाट प्रत्यक्ष सांसद चुनिएका विशाल भट्टराईले जिल्लाले कहिल्यै पनि देशको कुल बजेटको एक प्रतिशत पनि बजेट नपाएको र यस आर्थिक वर्ष भने आफूहरुकै पहलमा २ प्रतिशत बढी बजेट पाएको र दर्जनौं अबौं तथा करोडौंको योजनाहरु परेको बताउँछन् । के कस्ता छन् त खोटाङमा सञ्चालन हुँदै आएका तथा अहिले थपिएका योजनाहरु हेरौं सारांशमा:
– खोटाङवासी प्रत्यक्ष लाभान्वित हुने गरी २०५१ सालमा मनमोहनद्धारा सिलान्यास गरिएको गाईघाट–दिक्तेल (सगरमाथा राजमार्ग) का लागि २ अर्ब ६८ करोड छुट्टिएको छ । यो कार्यक्रमका लागि लागि टेन्डर अगाडी बढीसँगै निर्माणको चरणमा छ ।

– दुधकोशी नदीबाट पानी तानेर पिउने पानीका लागि ६ गाविसलाई लाभान्वित हुने गरी हलेसी खानेपानी योजनाका लागि ८५ करोड छुट्टिएको छ । यो योजना सम्पन्न भएमा दुर्छिम, मंगलटार, हलेसी, डिकुरा, बाहनुडाँडा, च्यास्मीटार गाविसबासीहरु लाभान्वित हुनेछन् । देशकै नमूना योजनाका रुपमा रहेको यो योजनाका लागि एडिबीबाट सर्भे र डिजाइनका लागि १ अरब छुट्टि सकेको सांसद भट्टराईले जानकारी दिए ।

– खोटाङको लागि अर्को महत्वपूर्ण योजनाका रुपमा दुधकोशी हाइड्रोपावर रहेको छ । २४० मेगावाट विद्युत निकाल्ने लक्ष्यसहितको यो योजना सफल भएमा अहिलेको मागको हिसाबले नेपालमा झण्डै लोडसेडिङ अन्त्य हुने अवस्था छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने यो योजनाको विस्तृत परियोजना प्रतिवेदन डिपिआरको चरणमा छ । 

– ओखलढुंगा–सोलु–दिक्तेल गोल्डेन ट्रेङ्गल चक्रपथ निर्माण परियोजना पनि जिल्लाबासीको लागि महत्वपूर्ण विकासको कार्यक्रम रहेको छ । यसको डिपिआर तयार नभएपनि यो कार्यक्रम अवधारणका रुपमा अगाडी बढेको छ । यदि यो चक्रपथ बन्ने हो भने जिल्लाका लागि यो पर्यटकिय क्षेत्रमा समेत टेवा पुग्ने महत्वपूर्ण कार्यक्रम बन्ने देखिएको छ ।

–  निर्माणधिन हलेसी दिक्तेल सडकखण्डको कालोपत्रे (पिच) का लागि १ अरब २१ करोड छुट्टिएको छ । पूर्वी पहाडी राजमार्ग अन्तर्गत जोडिने यो सडकखण्ड पिच भएमा यसले पनि जिल्लाबासीलाई ठूलो राहत पुग्नेछ ।

– सुन्तले गाविसमा अवस्थित धाम्लाङघाट पक्की पुल निर्माणका लागि टेन्डर प्रक्रिया अगाडी बढीसकेको छ । यस्तै पौवासेरा गाविसमा रहेको बङ्सिलाघाट पुल, ज्यामिरेको सिलौरीघाट पुल, सावा खोला पुल निर्माणका लागि प्रक्रिया अगाडी बढेको छ ।

– खोटाङको समग्र खेल क्षेत्रलाई मध्यनजर गर्दै सिम्पानी, खोटाङ बजार,  बुइपामा खेल मैदानका लागि योजना परेको छ । प्रत्येक खेल मैदानका लागि पाँच÷पाँच लाख छुट्टिएको छ ।

–  ८० लाखको आयूर्वेद भवन खोटाङ बजारमा र स्वास्थ्य चौकी भवन, खिदिमा र स्यास्मिटारका लागि योजना परेको छ । जसका लागि २ करोड ५० लाख प्रति स्वास्थ्य चौकीका हिसाबले निर्माण बजेट छुट्टिएको छ ।
सांसद विशाल भट्टराईले खोटाङ जिल्ला जनसंख्या र क्षेत्रफलमा १ प्रतिशत हिस्सा ओगट्ने भएपनि १ प्रतिशत पनि बजेट कहिल्यै पनि नपाएको तर यस पटक २ प्रतिशत भन्दा बढी बजेट पाउनु सुखद् भएको भन्दै जिल्लाको विकासको कार्यक्रमलाई सरकार फेरबदल भएपनि जिल्लाको हितका लागि यस्ता कार्यक्रमलाई सबै मिलेर सफल पार्नुपर्ने बताउँछन् । उनी सरकार फेरबदलसँगै कतै विकासका कार्यक्रम पनि रोकिने त होइनन् भनेर चिन्ता समेत व्यक्त गर्छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post