sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » » किराती पुर्खा 'रैछाकुले, तायामा र खियामा'

खोटाङ ५ भदौ । किरातीको पुर्खा रैछाकुले, तायामा र खियामाको रेखा चित्र सार्वजनिक गरिएको छ । तायामा–खियामा–रैछाकुले प्रतिमा स्थापना समितिले काठ्माण्डौंमा शनिबार बिशेष कार्यक्रम गरेर किराती तीन पुर्खाको चित्र सार्वजनिक गरेको हो ।

लामो समय र मेहनत लगाएर अर्जुन खालिङले तयार पारेको रेखा चित्र किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष गेन राई, दिवस राई, पूर्वअध्यक्ष सुमाया राई, चतुरभक्त राई, अधिवक्ता शान्ति राईलगायतले सार्वजनिक गरेका हुन् । खोटाङको धार्मिक तथा पर्यटकीयस्थल महादेवस्थान गाविसस्थित तुवाचुङ–जायाजुङडाँडामा रैछाकुले, तायामा र खियामाको मुर्ती राख्नकालागि चित्र निर्माण गरेर सार्वजनिक गरिएको हो । किराती मिथक, लोककथा अध्ययन र जानकारसँगको परामर्शमा लामो प्रयासपछि तीन पुर्खाको चित्र तयार पारिएको समितिले जनाएको छ । 
किरात राई यायोक्खाबाट रैछाकुले, तायामा र खियामाको चित्र कोर्ने जिम्मा पाएको किरात राई प्रज्ञा परिषदले खालिङलाई चित्र बनाउने जिम्मा दिएको थियो । किरात मिथक अनुशार रैछाकुले पिता पातेसुङ र आमा दिलीदुमका छोरा तथा तायामा–खियामा छोरी हुन् । उनीहरुलाई हरेक किरात समुदायमा फरक–फरक नामले चिन्ने गरिन्छ । खोटाङमा तीनै पुर्खाको मुर्ती स्थापनाका लागि २६ लाख बढी रकम संकलन भइसकेको तायामा–खियामा–रैछाकुले प्रतिमा स्थापना समितिले जनाएको छ । 
किराती पुर्खा रैछाकुले, तायामा र खियामाको रेखा चित्र । तस्बिर सौजन्य: किरातसंस्कार
किराती लोकोक्ति अनुसार तायामा, खियामा र रैछाकुलेले किराती सभ्यताको सुरुवात गरेको मानिन्छ । मानव सभ्यतालाई उनीहरुले नै जंगली र सिकारी युगबाट कृषि युग हुँदै सभ्य र आधुनिक युगमा प्रवेश गराएको किंवदन्ती छ । तीन पुर्खाले हलेसी गुफा, तुवाचुङ–जायजुमडाँडा र सो आसपासमा बसेर जीवन निर्वाह गरेको जनबिश्वास छ । तुवाचुङ–जायजुममा तायामा र खियामाले ढुंगामाथि बसेर खाँडीको कपडा बुन्ने गरेको ठाउँलाई अहिले पनि तान बुन्ने ढुंगाले चिनिन्छ । 
सो तानबुन्ने ढुंगामा आएर कामना गर्ने छोरीचेलीलाई तान बुन्ने सीप प्राप्त हुनेगरेको किंवदन्ती अहिले पनि चर्चित छ । किरात समुदायका बुढापाकाका अनुशार रैछाकुले हलेसी गुफामा र तायामा–खियामा तुवाचुङ जायजुमडाँडामा बस्ने गर्थे । सोही कारण किरात समुदायले हलेसी र तुवाचुङचङ–जायजुमडाँडालाई सांस्कृतिक महत्वकारुपमा लिने गरेका छन् । खोला कोसीमा जाल हानेर माछा मार्ने र धनुषबाणले शिकार गरेर जीवन निर्वाह गरेका रैछाकुलेले नै बिवाह संस्कारको थालनी गरेको भनाई छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post