sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » खोटाङमा नेकपा माओवादी केन्द्रको एकता भेला सम्पन्न

खोटाङ, साउन २० । खोटाङमा नेकपा माओबादी केन्द्रको एकता भेला सम्पन्न भएको छ । ‘संसारका मजदुरहरु एक हौँ’ भन्ने नारासहित माओबादी केन्द्र प्रदेश नम्बर १ को एकता भेला बिहिबार सदरमुकाम दिक्तेलको समिक्षालय हलमा सम्पन्न भएको हो ।

केन्द्रमा जेठ ६ गते बिभिन्न कम्यूनिष्ट पार्टीबीच एकता घोषणा भएपनि जिल्लामा दुई महिनापछि एकता भेला गरिएको हो । जिल्लामा नेकपा माओबादी क्रान्तीकारीबाट अलग भएर आएका नेकपा माओबादी क्रान्तीकारी र एनेकपा माओबादीबीच एकीकरणको घोषणा गरिएको छ । 

कार्यक्रममा माओबादी केन्द्रका पोलिटव्यूरो सदस्य रामकुमार राईले एनेकपा माओबादी र ध्रुब बुढाथोकी नेतृत्वमा आएको नेकपा माओबादी क्रान्तीकारी जिल्ला कमिटी बिघटनको घोषणा गर्नुभएको थियो । ३१ सदस्यीय कमिटी रहेको नेकपा माओबादी केन्द्रबाट ध्रुब बुढाथोकीको नेतृत्वका १९ जना कार्यकर्ता एकतामा सामेल भएको कार्यक्रममा जानकारी दिइएको छ । एकता भेलाले २०१ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरेको छ । यस्तै, ५५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको एमाओबादी केन्द्रका जिल्ला सचिव दुर्गाजयन्ती राईले जानकारी दिनुभयो । 

कार्यक्रमका बक्ताहरुले पार्टी एकताले कार्यकर्तामा उत्साह ल्याएको बताएका छन् । एक्ला एक्लै लड्दा क्रान्तीकारीता कमजोर देखिएकाले पार्टी एकता गरिएको बक्ताहरुको भनाई छ । ‘हिजो एउटै थालमा खाँदै लड्नेक्रममा अलग भयौँ, आज एक ठाउँमा आएका छौँ,’ पार्टी बिघटनको घोषणा गर्दै पोलिटव्यूरो सदस्य रामकुमार राईले भन्नुभयो, ‘अहिले नयाँ पार्टी बनेको छ, हामी नयाँ मान्छे बनेका छौँ, जनताको हितमा नयाँ तरिकाले अघि बढ्नु पर्ने बेला आएको छ ।’ 
कार्यक्रममा प्रमुख अतिथिकारुपमा माओबादी केन्द्रका स्थायी कमिटी सदस्य हिमाल, पोलिटव्यूरो सदस्य रामकुमार राई, समिता कार्की, ध्रुब बुढाथोकी, जनसाँस्कृतिक महासंघका १ नम्बर प्रदेश अध्यक्ष राकेश लगायतले बोल्नु भएको थियो । कार्यक्रम माओबादी केन्द्रका संयोजक पृथ्बी किरातीको सभापतित्वमा भएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post