sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » गाडी नचल्दा यात्रु हवाई यात्रा गर्न बाध्य

खोटाङ ९ भदौ । रुट पर्मिट नभएका कारण यातायातका सवारी साधन चल्न नसक्दा खोटाङका यात्रु हवाई यात्रा गर्न बाध्य बनेका छन् । 

हालसम्म रुट पर्मिटबीना सञ्चालन हुँदैआएको यातायातका सवारी साधनको आवतजावतमा प्रशासनले रोक लगाएपछि यात्रु हजाई यात्रा गर्न बाध्य भएका हुन् ।

 रुट पर्मिट बिनाका सवारीसाधन आवतजावतमा रोक तीन दिन यता खानीडाँडा बिमानस्थलमा शहर जाने आउने यात्रुको भीड लागेको नेपाल एयरलाइन्सका खानीडाँडा स्टेशन ईन्चार्ज प्रमुख यादवसेन राईले बताउनुभयो । कमै भीड हुने लामीडाँडा बिमान स्थलमा समेत यतीबेला यात्रु बढेका छन् । 

रुघाखोकी र ज्वरोका बिरामी बढेका कारण हवाईजहाजमा थप चाप बढेको हो । लामो समयसम्म उडान नगरेको गोमा एयरलाईन्सले समेत यात्रुको भीडकै कारण बिहिबार बिहान उडान भरेको छ ।

हालसम्म यातायात व्यवसायीले रुट पर्मिट नलिएको भन्दै जिल्ला प्रशासन कार्यालयले गत मंगलबारदेखि यातायातका सवारी साधन चलाउन रोक लगाएको हो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post